कुमार लघु,ख्वप आज विजयादशमीकाे दिन २६ गते असोज महिनाकाे सबैलाई हार्दिक शुभकामना छ। सबैको दैनिक जिवनमा प्रगतिको कामना छ । आज आफ्नाे मान्य वर्गवाट विजयादशमीको टीका ग्राहण गर्ने, आशिर्वाद लिने दक्षिणा प्राप्त गर्ने खुसियालिको दिन हाे । टीका ग्राहण गर्दा ठूला जेठा बुबा बाजे बुबाले आशिश दिनु हुन्छ । सानाले सस्कारमा वस्न , अनुशासन र को को कहाँ के के नाता पर्छ परिचय गर्ने र चिनजान गर्ने दिन पनि हो । परम्परालाई जोगाउँदै दिनानु दिन प्रगतिको गोरेटोमा ताचिगर्न सिक्नुपर्छ । सानाले ठूलालाई नमस्कार र ढाेग गरि रहनुपर्छ । सस्कार रितीस्थितीलाई बुझेर संरक्षण गर्नु नै आफ्नाे पहिचाहन जोगाउँदै नेपालीपनलाई जिवन्तता दिन सकारात्मक सोच रहिरहनु नै आफ्नो सभ्यताको परिचय हो । आजको दिन गरिमामयकाे दिन हो । आज आफ्नै घरमा जेठेवाठोले हिजो पूजा पाठ गरेकाे ढुकुटी कोठमा रहेको पूजा गरेको थालमा प्रसाद सबै थालमा निकालेर फूल अक्षता फेरि चढाएर नयाँ पानी निना चढाएर बत्ति बालेर मनको धोको पुराहोस् भनी भाकल र सन्देश दिएर परिवार सबै भेला भएर रातो टीका मोहनी लगाई प्रसाद दिएर एकले अर्कालाई भाग्या, नमस्कार , ढोग गरेर मित्रता र रमाईलाे गर्ने दिन हाे । आज सबेरै थोरै सम्हबजी खाई नयाँ लुगा पहिरण लगाई सपरिवार ब्रम्हायणी देवताको दर्शन गर्ने चलन रहेको छ । टिकातालो गर्दा देशना दक्षिणा सकेको दिने चलन रहिरहेको छ। ब्रम्हयणीमा दर्शन गर्न जादा ब्रम्हायणी खोलामा स्नान अनुहार धोएर ब्रम्हायणीको दर्शन गरे परिवारको राम्रो प्रगती हुने कथन रहेको छ । दशैँले सबैमा सकारात्मक सोचको वृध्दि हुने विचार फैलिएको छ । ब्रम्हायणीमा नवदुर्गा गणको टोलि नै हिजाे लगेको खमेको दर्शन व रातमा बध गरेको रगत पिएर लथ भएर पातीमा सब‌ैलाई दर्शण दिन आराम गररेर बसेको हुनेछ। राँगाको शरिरकाे छाला दर्शनार्थिलाई देखाउन पातीमा राखेको हुन्छ । विहानदेखि अवेला रातीसम्म जात्रा भर्न हरेक जिल्लाको कुना कुनावाट दर्शनार्थीहरूको आेईराे लागेको हुन्छ। भक्तपुर जिल्लाको टोलटोलवाट बाजा बाँसुरी ,भूक्ष्याय हारविण, पश्चिमा, धिमे,ढलक,विणा आदि बजाएर दशर्न गर्न आउँनेको धुईचो लाग्छ। ब्रम्हायणीकाे दर्शन गर्न आउनुको कारण के रहस्य हो ? थाहा लिई राख्नुपर्छ । किन कि देशमा जनतालाई दु:ख दिएको राक्षशलाई नवदुर्गा गण मिलेर बध गरेको हुनाले आठरात ना‌ै दिन विहान बेलुका क्रमश ब्रम्हायणी,माहेश्र्वरी, कुमारी ,भद्रकाली,बारही,इन्द्रयणी,माहाकालि,माहालक्ष्मी र त्रिपुरासुन्दरीको दर्शन गरेको थियो। आज अन्तिम दिन नवदुर्गमको धुमधाम पूजापाठ गर्ने परम्परादेखी अध्याबधि चलिरहेको छ । यो धार्मिक सस्कारमा कथा लामो लुकेको छ । दाजु भाइ नेपालीहरूमा रोचक कथाको थोरै समयमा विज्ञहरूवाट निक्लेको अनुसन्धानको लेख पढेर ज्ञान हासिल गर्नु उपयुक्त हुन्छ । यो दशैँमा चङ्गा उडाउने नयाँ किताब पढ्ने, कथाहरू पढ्ने ,लेखहौ पढेर टपकाटिप्णी गर्ने लेख्ने ,रचनात्मक खेल र लेख थाहा लिने, साहित्य पढ्ने सुनेर ज्ञान थप्ने ,नयाँ पुस्तक पढेर र नयाँ ठाउँको अवलोकण गर्ने अवसर यो दशैँ हाे । यो दशैँ अगाडि वर्षादभएर गाउँ घरकाे गाउँ, वाटो वस , पहिरोले मानिस पुरेकोले यो दशैँमा राैनक थपेन । मानिसको अाेहरदाेहर त्यति मनले सोचे जस्तो भएन है । देशलाई दु:ख परेको वृलामा भएर होला । यहि भक्तपुरको टोलटोल शून्य प्राए छ। हसत आज यो बर्षको समपूर्ण नेपालीहौररूलाई विजया दशमीको हार्दिक शुभकामना दिएर तपाईहरूको प्रगतीको कामनाका साथ विदा हुन्छु । नेपालीहरूको जय होस् २०८१/०६/२६ गते...

All Comments.......


Please Login/Register To Comments