भक्तपुर । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई भक्तपुर औद्योगिक क्षेत्रको ध्वनी, धुवाधुलो र दृष्य प्रदुषण बारेमा भक्तपुर नगरपालिकाका कर्मचारीहरुको तर्फबाट करिब ४०० जनाको हस्ताक्षरको निवेदन नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका एकाई समितिका अध्यक्ष गौतम प्रसाद लासिवाले जिल्ला प्रशासन कार्यालयमा पेश गर्नु भयो । उक्त ज्ञापन पत्रमा एशोसिएसनका दिलकृष्ण माक, रामकृष्ण प्रजापति, विकास प्रजापति र रज्जु बैद्यको सहभागी रहेको थियो ।
ज्ञापन पत्र बुझाउदै अध्यक्ष लासिवाले साना औद्योगिक क्षेत्र यह“ँका किसानहरुसंग सस्तोमा जग्गा अधिग्रहण गरी परम्परागत सीपलाई व्यवसायीक रुप दिन भक्तपुर साना उद्योग क्षेत्र स्थापना भएको बताउदै हाल उक्त क्षेत्रमा डाईङ, टेक्साटाई, प्लाष्टिक उद्योग र रङ कारखानाले गर्दा धुवा, धुलो र ध्वानी प्रदुषणले स्थानीय जनतालाई मार्का परेकै छ तर संगै रहेको भक्तपुर नगरपालिकाको भवन र त्यहा“ कार्यरत करिव चार सय कर्मचारी र दैनिक सयौंमा आउने सेवाग्राहीलाई समस्या परेको छ भने कर्मचारीहरुले शान्त र सुन्दर वातावरणमा कार्य गर्न नपाउदा सेवाग्रहीहरुलाई समस्या परेको साथै २०५७ जेठ २ गते सरोकारवालाहरुको बैठक बसी त्यस्ता उद्योगहरु हटाउने निर्णय भएको थियो भने २०७३÷०७४ को बजेत बक्तव्यमा समेत काठमाण्डौं उपत्यका बाहिर स्थानान्तरण गर्ने घोषणा भएको बताउनु भयो ।
उद्योगहरुबाट जनस्वास्थ्यमा हानी भइरहेको पीडित जनता दिनभरि नै ५–६ रेक्टरको भूकम्प गएको जस्तो कम्पनको पीडामा छन् भने विद्यालय र कलेज बन्द रहेको बेला विद्यार्थीहरुको अनलाइन कक्षा र स्वअध्ययनमा समेत बाधा पुगरिहेको निमित्त श्यानिटेशन उपशाखा प्रमुख वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । छ ।

...

All Comments.......


Please Login/Register To Comments