News Image

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’लाई भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज धेरै पाएको छ।  क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिनेको हो । 

क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘छक्का पञ्जा–५’ले भन्दा ‘१२ गाउँले एक शो धेरै पाएको छ । बिहान  ६ बजेपछिका लागि ‘१२ गाउँ’ले ३२ शो पाउँदा ‘छक्का पञ्जा–५’ले ३१ शो पाएको छ । 

मंगलबार क्यूएफएक्सका काठमाडौंका आउटलेटमा यी दुई चलचित्रले बराबर शो पाएका थिए । 

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् । 

‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । यसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

  • Shares

All Comments...


Please Login/Register to comment.