बिपी राजमार्गको धुलिखेल–भकुण्डेबसी–बर्षेखोला सडक खण्डमा रातको समयमा सवारी साधन चलाउन नपाइने भएको छ । नयाँ ट्रयाक खोलेर सुचारु गरिएको राजमार्गको धुलिखेल–भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको हो ।

क्षतविक्षत रहेको भकुण्डेबेसी–चौकी डाँडादेखि वर्षेखोला सम्मको सडक खण्डहरुमा ट्रयाक निर्माण भएपनि अहिले मर्मत तथा सुधार कार्य जारी छ । साथै उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले हाललाई बेलुका ६ः०० बजेदेखि विहान ४ः०० बजेसम्म राजमार्ग बन्द रहने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढीपहिरो र डुबानले क्षति पु¥याएको काभ्रेको भकुण्डेबेँसी वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments