किताव
  • Post Date 2024-10-20 11:10:32

राम चन्द्र प्रजापति 

जिन्दगी 
एक किताब
समय 
एक पाठशाला
हर मानिस 
अर्काे किताब
पढ्नेहरूले
कसरी पढ्नेछन् ?
लेख्नेहरूले
खै
कसरी लेख्नेछन् ?
सेता सेता कागजका किताब
काला काला अक्षरका किताब
जिन्दगी पढाउने
पाठशालाका 
ऐ मास्टर
म त 
एक विद्यार्थी हुँ
आफ्नै जिन्दगीको 
पाठशालामा ।
...

All Comments.......


Please Login/Register To Comments