मध्यपुर ठिमी भक्तपुर व्यावहारिक , सीपमूलक एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमी क्षेत्रको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा असोज ५ गते धान काटने कार्यक्रमको आयोजना गरियो। 

गत असार महिनामा पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा विद्यार्थीहरूले विद्यालय परिसरमा आफै रोपाई गरी गोडमेल गर्दै हाल पाकिसकेको धान काटेर बाली भित्र्याउने कार्य गरिएको र त्यसबाट विद्यार्थीहरुले कृषिप्रधान देशका किसानहरूको जीवनशैली र क्रियाकलाप आफैले प्रयोगात्मक शैलीका माध्यमबाट बुझ्न सक्ने व्यवहारिक ज्ञान प्राप्त गर्न सकेको जानकारी विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले हामीलाई दिनुभयो । सो अवसरमा पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूले आफैंले रोपेर आफैले काट्दै आफैंले झार्ने अवसर प्राप्त गरेका थिए। पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूको उपस्थिति रहेको र उपस्थित अभिभावकहरूले विद्यालयले हरेक अवसरमा आफ्ना नानीहरु लाई प्रगतिशील सोचको व्यावहारिक शिक्षा प्रदान गर्दै आएकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments