काठमाडौं । चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पतालमा विगत ४६ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । वीर अस्पतालमा भएको कर्मचारी आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्ने सम्वन्धमा आन्दोलनरत पक्ष र प्रतिष्ठानका कर्मचारीहरुबीच सहमति भई विभिन्न बुँंदाहरुमा सम्झौता गरी प्रतिष्ठानको सेवा प्रबाह सुचारु गर्ने प्रतिवद्धता जनाइएको छ । सम्झौतामा वीर अस्पतालकातर्फबाट सात जना र आन्दोलनरत कर्मचारी संयुक्त संघर्ष समितिको तर्फबाट नौ जनाको हस्ताक्षर रहेको छ ।
दुई पक्षबीच पाँंचबुँंदे सम्झौता भएको हो । सहमति बमोजिमका कार्यान्वयनका लागि बन्द ताला खोली ६ हप्तासम्मका लागि आन्दोलनका सवै कार्यक्रम स्थगित गर्ने सहमतिमा जनाइएको छ ।
सहमतिमा कोभिड भता वितरणमा देखिएका केही त्रुटी सम्वन्धमा अस्पताल प्रशाशन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने सहमति भएको छ । कोभिड विमा क्षतिपूर्तिका सम्वन्धमा सम्वन्धित पक्षसँंग छलफल गरी आवश्यक निर्णय गर्ने सहमाति भएको छ । कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६।०७७ को औपध खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी आगामी सात दिभभित्र उपलव्ध गराउने सहमतिमा उल्लेख छ । सेवा विस्तार भताका सम्वन्धमा आगामी ६ हप्ताभित्र दुई महिनाको भता उपलव्ध गराउने र बाँंकी नियमति गर्दै जाने उल्लेख छ ।



 




...

All Comments.......


Please Login/Register To Comments