नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता ः कता केके भए ?
- Post Date: 2024-10-26 12:04:57
भक्तपुर, कार्तिक १० । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तयार पार्ने उद्देश्यले भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता संचालन गरेको छ ।
सोही अन्तर्गत शनिबार भलिबल, टेबलटेनिस, उसु, तेक्वाण्डो, फुटबल, ब्याडमिन्टन, कराँते तथा खोखो खेलहरु संचालन भएका छन् ।
महेश्वरी खेलमैदानमा भइरहेको फुटबल प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा माउन्ट भ्याली सेकेण्डरी स्कूलको ० गोल माथि सनसाइन ऐकेडेमीले ६ गोल, दोश्रो खेलमा समता स्कूलको १ गोल माथि साइनिङ स्टुडेन्टले ३ गोल तथा तेश्रो खेलमा महेन्द्र विद्या आश्रमको १ गोल माथि पद्म माविले ४ गोलले जितेका थिए ।
त्यस्तै लिवाली कभर्ड हलमा शनिबारदेखि सुरु भएको ब्याडमिन्टन प्रतियोगितामा ९१० को छात्रतर्फ लिशा इङ्गलिस स्कूलका सुदिप थिमी, हिमालयन ग्लोरीका सिवन गोरा, विद्या आर्जनका सरिन ख्याजू, वागिश्वरी माविका निश्चल त्वायनाबासु सेमिफाइनलमा पुग्न सफन भएका छन् ।
कक्षा ९१० को छात्रातर्फ सायरा गोसाइ, प्रभात इङ्गलिस स्कूलका मनिषा श्रेष्ठ, गोल्डेन गेट इङ्गलिस स्कूलका रिजु बाला, बासु माविका प्रशंसा बुढाथोकी सेमिफाइनलमा पुग्न सफल भएको छ ।
कक्षा ११/१२ छात्रतर्फ वागिश्वरी माविका सिविक ज्याख्व, सुरज परियार, निश्चल सिङगर ख्वप माविका कसिर नखेत्रु सेमिफाइनलमा पग्न सफल भएको छ ।
ब्याडमिन्टन प्रतियोगिताको बाँकी खेल अन्तर्गत आइतबार कक्षा ६ देखि ८ को छात्र र कक्षा ४/५ को छात्रा इभेन्टका खेलहरु संचालन हुने किशोर गोसाइले जानकारी दिएका छन् ।
-
Shares
All Comments...
Please Login/Register to comment.