अब के गर्ने ?
  • Post Date 2020-12-08 13:44:53

अब के गर्ने ?
भक्तपुर । कोभिड महामारी पीडितलहरुले निजी लगानी सुनिश्चित गर्न माग गर्दै देशव्यापी आन्दालेन थालेका छन् । महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय संघर्ष समिति गठन गरी उनीहरुले देशव्यापी आन्दोलन थालेका हुन् ।
निजी तथा संस्थागत विद्यालय र सम्पूर्ण पेशा व्यवसायीको वर्तमान समस्या चुनौती र समाधान विषयक मंगलबार भक्तपुरमा भएको सर्वपक्षीय बृहत छलफल गोष्ठीमा संघर्ष समितिका अध्यक्ष कर्णबहादुर शाहीले कोभिडको कारण निजी लगानीमा खोलिएका सम्पूर्ण पेशा व्यवसायीहरु संरक्षण गर्नु राज्यको दायित्व रहेको बताए । राज्यले यसका लागि अहिलेसम्म कुनै कदम नचालेकाले देशव्यापी आन्दोलन गर्नुपरेको उनले खुलाए ।
समितिले अहिले देशभर विभिन्न कार्यक्रमहरु गरी गतिविधिहरु गर्दै आएको कार्यक्रममा जनाइयो । यस क्रममा जिल्लाजिल्लामा शैक्षिक विर्मश र बहस गर्न विद्यालय सञ्चालक, शिक्षक र प्रिन्सिपलहरुको भेला गर्ने, जिल्लाजिल्लामा स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारमा मागपत्र पेश गर्ने, मिडियामा शैक्षिक बहस र विमर्समा आफनो धारणा प्रभावकारी सम्प्रेषण गर्दै जानेलगायतका देशव्यापी आन्दोलनका कार्यक्रम चल्दै आएको कार्यक्रममा जनाइयो ।
विभिन्न चारवटा नाराका साथ देशव्यापी आन्दोलनलाई अझ व्यापक बनाउने संघर्ष समितिका महासचिव डा राजेन्द्र कोजूले जनाए । यस क्रममा आफूहरुले नौ बुँंदे मागहरु राख्दै आएको डा कोजूले जनाए । कोभिडका नाममा कहिलेसम्म पेशा व्यवसायमा बन्दकी राखी घाटामा गइरहने ? भन्ने प्रश्न उनले तेर्साए । कि सरकारले निजी लगानीलाई सुरक्षित गर्न सहयोग गनुपर्ने कि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग उनले राखे ।
संघर्ष समितिमा विभिन्न पेशा व्यवासायका व्यवसायीहरु रहेको उपाध्यक्ष दीपिका रिमाल थापाले जनाइन् । यस क्रममा मंगलबार भक्तपुरमा भएको कार्यक्रमपछि पाँंच सदस्यीय जिल्ला संघर्ष समिति गठन गरिएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रका बाबुराजा कार्कीको संयोजनमा जिल्लास्तरीय संघर्ष समिति गठन गरेको हो ।

...

All Comments.......


Please Login/Register To Comments