भक्तपुर । भक्तपुर नगरपालिकाले विद्यालयहरु संचालन गर्ने बारे अभिभावकहरुको धारणा बुझ्न अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका प्रतिनिधिहरु बीच बैठक नगर प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा बसियो ।
बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले लुकिछिपि र छिटपुट कक्षा संचालन गरिरहेको गुनासो आइरहेको, शिक्षकहरुलाई बसी बसी तलब खाइ रहेको, कक्षा पाँच भन्दामाथि अनलाईन कक्षाबाटै अलि प्रभावकारी भई रहेको तल्लो कक्षामा बालबालिकाहरु अलि सानो हुने भएकोले कक्षामा सहभागी नहुने र प्रभावकारी नहुने भएकोले विद्यालय सञ्चालनमा शिक्षक लगायत सरोकारवालाहरु समुदाय परीक्षा समिति, शिक्षा समिति, प्रध्यानाध्यापक, शिक्षक संघ संस्था, इसान, प्याब्सन र एन प्याब्सनहरुसंग छलफल गर्दै आएकोले यसबारे अभिभावकहरुको धारणा बुझ्न आजको यो बैठक गरेको बताउनु भयो । उहाँले हिउँदको समय पहिला भए मिनपचासको विदा हुने बेला कक्षा सञ्चालनको कुराहरु आइरहेको छ । जाडोमा कोरोना संक्रमित बढ्ने कुराहरु पनि आइरहेको बताउनु भयो । त्यसैले विद्यालय सञ्चालनमा सरोकारवालाहरुको सुझाबको आधारमा कक्षा सञ्चालन गर्ने नगर्ने निर्णय गर्ने बताउँदै निजि र सरकारी विद्यालयहरुको गुणस्तरसंगसंगै लगिरहेको बताउनु भयो ।
कार्यक्रममा संघको अधिकारीक धारणा राख्दै संस्थागत विद्यालय अभिभावक संघका केन्द्रीय सचिव एवम् अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका सचिव रामकृष्ण प्रजापतिले बालबालिकहरु घरमा पनि कोरोनाबाट कति सुरक्षित छ ? अभिभावकहरु आ¬–आफ्नो व्यवसाय, व्यापार र नोकरीको लागि दिनभरी डुलेर घरमा बालबालिकासंगै घुलमिल हुने भएकोले बरु विद्यालयमा बालबालिकालाई पठाए उनीहरुलाई कोरोना के हो भने विद्यालयमा सिकाउने हुन्छ साथै कोरोनाबाट बच्ने उपायहरु सिकाउने भएकोले विद्यालयमा विद्यार्थीहरु सुरक्षित हुन सक्ने हो कि भन्नुभयो । साथै घरमा बालबालिकहरु बन्दाबन्दीको नियमपालना गरी नबसेको जहाँतहीँ खेल्न गईरहेकोले अभिभावकहरुको नियन्त्रण बाहिर गईरहेकोले विद्यालय संचालन ढिलो भएकि भन्दै बालबालिकाहरुलाई यो भन्दा बढी विग्रन नदिन अहिले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले शैक्षिक सत्र दुई महिनामात्र बाँकी भएको बेला कक्षा संचालन गरेर अभिभावकहरुसंग रकम असुल्ने खेलमात्र हुन नहुने बताउँदै शैक्षिक सत्र सितै पठाउनु भन्दा शैक्षिक आ.ब. उपयोग गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले एक्लो छोरा छोरी हुनेहरुले जीवनभन्दा शिक्षा ठूलो नभएकोले जीवन रक्षालाई पहिलो प्रथामिकता राख्नुपर्ने अभिभावकहरु पनि रहेको बताउनु भयो । उहाँले पहिला माध्यामिक कक्षा संचालन गरेर त्यसको प्रभाव के पर्छ त्यसपछि क्रमशः तल्लो कक्षा संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय संचालनको स्वास्थ्य मापदण्ड आउन लागेकोले त्यसलाई अध्ययन गरेर कक्षा सञ्चालनमा ध्यानदिँदा अझ राम्रो हुने बताउनुभयो । साथै स्वास्थ्य सावधानी अपनाई जोर विजोर गरेर अथवा कुनै घटना भए विद्यालयबाट तुरुन्तै आस्पताल लान सक्ने गरी व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।
 कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका केन्द्रीय अध्यक्ष सुवास भण्डारीले शैक्षिक सत्र दुई महिना बाँकी रहेको समयमा जाँडोमा कोभिड १९ संक्रमित बढ्ने हुँदा सबै विद्यार्थीको निःशुल्क परीक्षणको सम्भावना नभएकोले विद्यालय सञ्चालनको लागि सिसिएमसिको स्वास्थ्य मापदण्डको गाइडलाइन नआएसम्म केही समय कुर्नुपर्ने हो की ? भन्नुभयो । उहाँले समुदायक विद्यालयका शिक्षकहरुलाई बसीबसी तलब खाएको आरोप र संस्थागत विद्यालयले अभिभावकसंग पैसा असुल्ने बहानमा विद्यालय सञ्चालनका कुराहरु आइरहेको बताउँदै शैक्षिक सत्र पछाडि सारेर पुसको चिसोमा भन्दा माधमा मात्र विद्यालय सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले विद्यालयमा रहेको शौचालय विद्यार्थीले उपयोग पछि प्रत्येक पटक सानिटाईज गर्न सक्ने अवस्था सामुदायक र संस्थागत विद्यालयकोहरुमा संभावना नभएकोले शुल्क निर्धारण प्रभावकारी नहुने भएकोले व्दन्दमात्र बढ्नसक्ने तर्फ ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले अहिले शुल्क निर्धारण, शैक्षिक बातावरण बनाउने, करिकुलम बनाउने तर्फ ध्यान दिई कक्षा उन्नती गर्ने जसले गर्दा बर्ष चढेसंगै बालबालिकमा परिपक्वता आउने बताउनु भयो ।
कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका माहासचिव रामचन्द्र सुवेदीले निरोधात्मक उपाय, उपचारात्मक र प्रवद्र्धनात्मकमा जोड दिदैँ विद्यालय संचालन गर्न हुने नहुने विश्लेषण, मापदण्ड के के ? रिकभर कसरी गर्ने ? पाठ्यक्रम र नखोल्दा दायित्व के ? यी विषयहरुमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष मणिरत्न बज्राचार्यले स्वास्थ्य र शिक्षा मन्त्रालय पन्छिएर स्थानीय सरकारको थाप्लोमा थुपारेको बताउँदै यदि कोभिडको समस्या नभए अधिकारसबै केन्द्रीकृत गरिराख्ने हुन्छ भन्नुभयो ।
कार्यक्रममा संघका सल्लाहकार विनोद चरण रायले पनि विद्यालय सञ्चानल सम्बन्धमा आफ्नो घरणा राख्नु भएको थियो भने कार्यक्रममा उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, अभिभावक संघका राम सुवाल, कृष्णप्रसाद दुमरु, जीवन कुमार जोशीको उपस्थित रहेको थियो ।
 

...

All Comments.......


Please Login/Register To Comments