प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिताका २०८१ स
- Post Date: 2024-11-11 07:13:07
काठमाडौं महानगरपालिकासंगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा २०८१ कार्तिक २४ र २५ गते आयोजित दुईदिने प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र काठमाडौं सफलतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल ज्यूको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामी, एन आर एन उपाध्यक्ष रोजिना प्रधान राई लगायतले विशेष अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।
समापन समारोहका अवसरमा कार्यक्रम संयोजक तथा नेपाल एकायन कराते संघका सल्लाहकार एवं साउथ एसियन एकायन कराते फेडेरेसनका प्रथम उपाध्यक्ष शशी कपालीबाट स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल एकायन कराते संघका आगामी प्रतियोगिता तथा कार्यक्रमहरुको बारेमा प्रकाश पार्नु भयो । साथै उहाँले उक्त अवसरमा बोल्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागलाई विशेष कार्यक्रमका लागि सहकार्य गरी सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
उक्त अवसरमा बोल्दै काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामीले नेपालमा सिर्जित एकायन करातेलाई अझ बढी परिष्कृत र विकास गर्न समितिका तर्फबाट आफूले सक्दो सहयोगन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समापन समारोहका अवसर बोल्दै काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा आयोजित यस प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नु हुंदै यस प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक तथा सहभागी खेलाडीहरुलाई बधाई दिनुभयो । साथै कार्यक्रममा बोल्दै उहाँले आगामी दिनहरुमा पनि एकायन करातेलाई आफू तथा महानगरपालिकाका तर्फबाट अझ बढी सहयोग गर्ने शुभेच्छा व्यक्त गर्नु भयो ।
समापन समारोहका अवसरमा प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथिबाट नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गर्नु भएको थियो ।
यसैगरी समापन समारोहका अवसरमा नेपाल एकायन करातेका तर्फबाट काजकिस्तानमा २०२४ जुलाई १५ देखि १९ सम्म सञ्चालित अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिप प्रतियोगिताको इन्क्लाईण्ड बेन्च प्रेस स्पर्धामा प्रथम स्थान हासिल गरी स्वर्ण पदक प्राप्त गर्न सफल हुनु भएकोमा केदारेश्वर मान स्थापित ज्यूलाई दोसल्ला तथा प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।
यसअघि प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र काठमाडौंमा हिजो मिति २०८१ कार्तिक २४ गते इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर तथा एभिन्यूज टेलिभिजका महाप्रबन्ध भाष्कर राज राजकर्णीकारले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटनका अवसरमा बोल्दै विशेष अतिथि राजकर्णीकारले नेपाली मार्सल आर्ट एकायन करातेको विकासका लागि नेपालको मिडीया क्षेत्रबाट पर्याप्त सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नु भएको थियो । साथै उहाँले विश्वभरमा छरिएर रहेका नेपालीहरु माझ एकायन करातेलाई परिचित गराई यस खेललाई विश्वस्तरमा विकास गर्नु पर्ने धारणा समेत व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमका अवसरमा बागमती प्रदेश सरकारका खेलकूद विकास विज्ञ तथा ब्याडमिन्टनका ओलम्पिक रेफ्री एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापाबाट खेलकूद विकासको अवधारणा तथा एकायन करातेलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्नु पर्ने र यसका लागि सहयोग गर्न आफू अग्रसर रहने धारण व्यक्त गर्नु भएको थियो ।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोहका कार्यक्रमको सभापतित्व एकायन करातेका जन्मदाता एवं नेपाल एकायन करातेका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले गर्नु भएको थियो । समापन समारोहका अवसर बोल्दै उहाँले यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूण संघ संस्था, व्यक्ति लगायत सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस प्रतियोगिताका लागि सहकार्य गरी कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागलाई विशेष धन्यवाद दिंदै कृतज्ञता ज्ञापन गर्नु भयो । अध्यक्ष डंगोलले आगामी दिनहरुमा एकायन करातेलाई अझ बढी परिष्कृत र विकास गर्नका लागि खेलकूद विज्ञहरु संगको सहकार्य तथा यसको प्रचार प्रसारका लागि नेपाली मिडियाको सहयोगको अझ बढी अपेक्षा रहेको र अहिले उहाँहरुले गर्दै आउनु भएको सहयोगका लागि समेत धन्यवाद दिनु भएको थियो ।
समापन समारोहका अवसर विशेष अतिथि रघुवर भक्त मानन्धर, रोजिना प्रधान राई, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु निरोज कर्माचार्य, शंकर महर्जन, रमेश मान मुनिकार, धर्मदेव महर्जन, वीरकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । तथा अतिथिहरु राजन महर्जन, प्रेमनाथ श्रेष्ठ, राजकुमार श्रेष्ठ, प्रेम लामा, प्रविण काजी श्रेष्ठ, केदार मान स्थापित, लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितमा निर्णयाधिश राजेन्द्र शाक्य, सिर्जन अधिकारी तथा भरत धौलाकोटी मुख निर्णायक किशोर तामाङ, बिष्णु मान शाक्य र रुपेश मगर तेसै गरि निर्णायकहरुमा समसेर लामा, राम तामाङ, शंकर धौलाकोटी, सुरेश धाैलाकाटी, बिवेक थापा मगर, सजिन महर्जन, उर्मिला बिश्वकर्मा, हिमाल सागर मनोज राजबहाक, राजेन्द्र तामाङ, श्रीराम राणा, सराेज तामाङ, विवेक बर्देवा, राजु तामाङ, निशु तामाङ र नारायण लामा रहनु भएको थियो ।
प्रतियोगितामा महिला तर्फ ६ (छ) तथा पुरुष तर्फ ८ (आठ) गरी कुल १४ वटा तौल समूहहरुमा खेलहरु संचालन भएका थिए । काठमाडौं उपत्यका भित्रका १२ वटा नगरपालिकाहरुका करिब १९४ जना एकायन कराते खेलाडीहरु सहभागी प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद पुरस्कार जनही रु २०,००० (बीस हजार) स्वर्ण पदक, प्रमाण पत्र तथा ट्रफी, यसैगरी द्वीतिय हुने खेलाडीले नगद पुरस्कार जनही रु १२,००० (बार हजार)कास्य पदक, प्रमाण पत्र तथा ट्रफी र तृतिय हुने खेलाडीले नगद पुरस्कार जनही रु ७,००० (सात हजार) रजत पदक, प्रमाण पत्र तथा ट्रफी तथा चौथो स्थान हासिल गर्ने खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी सहभागी सम्पूर्ण खेलाडी तथा खेल पदाधिकारीहरुलाई प्रमाण पत्रबाट सम्मानित गरिएको थियो ।
प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापि अन्तरपालिका एकायन कराते प्रतियोगिताका २०८१ को तौल समूह विभाजन तथा विजयी खेलाडीहरुको तालिका
महिला तौल समूहमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिलगर्नु हुने
३५ के.जी. मुनि तौल समूह रेखा रोकाया , साक्षी ढकाल, सुप्रिया के. सी. र आर्या महर्जन
४० के.जी. मुनि तौल समूह सिवानी आले मगर, आराध्या घिमिरे , प्राष्ना अधिकारी र ऋतु उप्रेती
४५ के.जी. मुनि तौल समूह कृपा खड्का , आयुषा तामाङ्ग, अन्जना तामाङ्ग र आकृती थापा
५० के.जी. मुनि तौल समूह रेश्मीला राई , सभ्यता नेपाली , रानी तामाङ्ग र आयुष्मा थापा मगर
५५ के.जी. मुनि तौल समूह निषा तामाङ्ग, आस्था तामाङ्ग, अन्जिला मगर र आयुषा गुरुङ्ग
महिला खुल्ला तौल समूह अन्जना बुढाथोकी, एलिना थापा, रसिला श्रेष्ठ र मेलिना मगर
पुरुषतर्फ तौल समूह प्रथम, द्वितिय, तृतिय र चौथो स्थान
२५ के.जी. मुनि तौल समूह अरुण लामा, लविन कार्की, आयुष तामाङ्ग र कविर तामाङ्ग
३० के.जी. मुनि तौल समूह विवेश जैशी , नरेश रावत, गौरव सुनुवार र रोजिव कत्री
३५ के.जी. मुनि तौल समूह गणेश विष्ट, सायन भुजेल, महेन्द्र कार्की र युनिश श्रेष्ठ
४० के.जी. मुनि तौल समूह प्रविन श्रेष्ठ, साजन नेपाली, निश्चल तामाङ्ग र करण घिसिङ्ग
४५ के.जी. मुनि तौल समूह सुवास शाही, समिर बराम, जोन राई र विवेक तामाङ्ग
५० के.जी. मुनि तौल समूह पवन तामाङ्ग, अनमोल श्रेष्ठ , किशोर न्यौपाने र वसन्त कुमाल
५५ के.जी. मुनि तौल समूह विराज मगर , सुवास नेपाली, रवि श्रेष्ठ र प्रविन आले मगर
पुरुष खुल्ला तौल समूह दिनेश बम, अभिषेक तामाङ्ग, मनिष राई र विनय तामाङ्ग
-
Shares
All Comments...
Please Login/Register to comment.