News Image
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ रामेश्वर मन्दिरबाट चोरी गर्ने चोरहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय कृष्णबहादुर कार्कीको कोठामा कोही नभएको बेलामा ढोकाको ताला फुटाई सुन, चाँदीको गरगहना तथा नगदसहित अन्दाजी मुल्य रु. दुई लाख बिस हजार बराबरको धनमाल चोरी गर्ने उनीहरुलाई पक्राउ गरेको हो । 
प्रहरीको अनुसार कार्तिक १३ गते अन्दाजी १२ः४९ बजेको समयमा जिल्ला प्रहरीमा चोरी भएको भन्ने प्रहरी वृत्त ठिमी भक्तपुरमा पिडितहरुले निवेदन दिएको थियो । निवेदनको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले फरार भएका मानिसहरुको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका वडा नं. ५ बस्ने वर्ष ३४ को नविन भन्ने रवि कार्की रहेको जनाइएको छ । उनलाई भक्तपुर लोकन्थलीबाट नियन्त्रणमा लिई चोरी मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालत पेश गरी दिन ५ म्याद भई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

  • Shares

All Comments...


Please Login/Register to comment.