काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अन्तगर्तका म्यासेन्जर इन्टाग्राम र फेसबुकमा समस्या आएको हो ।
म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् । बिहिबार अपरान्हबाट अचानक उक्त समस्या आएको हो ।
डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ । फेसबुकले हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन ।
युरोपमा ४५ प्रतिशत फेसबुक प्रयोगकर्ताको म्यासेन्जरमा समस्या देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। डेलिमेलका अनुसार बुधवार म्यासेन्जरमा सन्देश पठाउन मिलेको छैन। त्यस्तै कतिपयले म्यासेन्जरमा सन्देश प्राप्त नभएकोले फेसबुकसँग गुनासो गरेका छन्।
म्यासेन्जरको सर्भरका समस्या देखिएको बताइएको छ। नेपालमा पनि केही प्रयोगकर्ताहरूको म्यासेन्जरमार्फत सन्देश पठाउन र प्राप्त गर्न नमिल्ने समस्या देखिएको छ। (ताजाखबर)

...

All Comments.......


Please Login/Register To Comments