भक्तपुरको उत्कृष्ट करदातामा वेदालय कन्सट्रक्सनका अर्याल घोषित
- Post Date: 2024-11-22 12:13:02
भक्तपुर । भक्तपुर जिल्लाको उत्कृष्ट करदातामा वेदालय कन्सट्रक्सन प्रालि मध्यपुर थिमि नगरपालिका २ का प्रोपाइटर जयराम अर्यालय उत्कृष्ट करदातामा घोषित भएका छन् । उत्कृष्ट करदाता उनलाई शुक्रबार भक्तपुरमा भव्य समारोहवीच सम्मान पनि गरिएको छ । आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले कर दिवस समापनको अवसरमा राष्टिय कर दिवस तथा कर सप्ताह २०८१ कर सप्ताह समापन तथा पुरस्कार वितरण समारोहमा उनलाई खादा, माला र प्रमाणपत्रले सम्मान गरिएको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल प्रसाद अर्यालले सम्मान गरेका हुन् । राष्टिय कर दिवस कर सप्ताह अन्तर्गत शुक्रबार समापन कार्यक्रम थियो । कार्यक्रमको अवसरमा कार्यालयका सर्वाेत्कृष्ट कर्मचारी पनि घोषित भए । यो वर्ष कार्यालय सहायक ईश्वर थापा घोषित भए । उनलाई पनि सिडिओ अर्यालले नै सम्मान गरेका थिए ।
कार्यक्रममा कर कार्यालय भक्तपुरका प्रमुख दीलिप कुमार गौतमले सरकारी योजना अनुसार वार्षिक रुपमा जिल्लामा सवैभन्दा बढी कर तिर्ने व्यवसायीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गर्दै आएको जनाए । सम्मानित उत्कृष्ट करदाता अर्यालले पछिल्लो तीनवर्षदेखि भक्तपुरमा कार्यक्षेत्र बनाई काम गर्दै आएको जनाए ।
कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ यो वर्ष कर दिवस मनाइएको हो । मंंसिर १ गतेदेखि चलेको दिवस शुक्रबार समापन भएको हो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघ व्यासी भक्तपुरका अध्यक्ष रोशनीमैया धौबञ्जा, भक्तपुर चेम्वर अफ कमर्स सल्लाघारी भक्तपुरका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजा, कर अधिकृत सरोजकुमार सिंहलगायतले करका विविध विषयहरुबारे चर्चा गरेका थिए ।
-
Shares
All Comments...
Please Login/Register to comment.