News Image
काठमाडाैं । कोरियाबाट फर्केका कामदारहरूले KOICA को सहयोगमा नेपालमा कोरेका सपना तथा नयाँबाटाहरू सफल्तापूर्वक पुरा गर्दैछन् । नेपाली आप्रवासी श्रमिकहरूको नवप्रतिभा, रिटर्नी इनोवेटर्स फर नेपाल (RIN)को तस्राे चरणकार्य पुरा गर्न काठमाडौंको रेजेन्ट प्लेस सव्रीना होटलमा सेप्टेम्बर २३-२७, २०२४ मा भव्य कार्यक्रम सम्पन्न गरेकाे छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (KOICA) दक्षिण कोरियाको सरकारी संस्था हो, जसले अनदानु सहायता र अन्तर्राष्ट्रिय विकासका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।
सन २०२२ देखि KOICA ले “कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको स्थिर पुनःएकिकरणको लागि चरणगत सहयोग प्रणाली सदृुढीकरण” (K-HaMi) परियोजना सरुु गरेको छ । यस परियोजनाको उद्देश्य नेपालमा सामाजिक-आर्थिक विकासमा योगदान पर्याउन कोरियाबाट फर्किएका श्रमिकहरूको स्थिर पुनःएकिकरण र उद्यमशीलता क्षमता वृद्धि गर्दै रोजगारी सृजना गर्नु हो ।
यसैकाे पेरीफेरीमा रहेर नेपाली आप्रवासी श्रमिकहरूको नवप्रतिभा (RIN) कार्यक्रर्यमले संचालन गरेकाे उद्यमशीलता तालिममा स्वागत मन्तव्य दिदै KOICA का Country Director महूेन कोङले K-HaMi परियोजनाको महत्त्वका बारेमा प्रकाश पार्नुभयाे । उहाँले भन्नुभयाे, “आज म कोरिया र नेपालको दशकौं लामो सम्बन्धको एक हिस्साको रूपमा K-HaMi परियोजनाबारे छलफल गर्न पाउँदा खशी छु, जुन उद्यमशीलतामा रुचि राख्ने कोरियाबाट फर्किएका श्रमिकहरूलाई सहयोग गर्ने पहिलो पहल हो ।
हाम्रो कार्यक्रमले यी रिटर्निहरूलाई व्यवसायिक इनक्युवेसनमार्फत सफल उद्यमीमा बनाउन पहल गर्न र उनीहरूको व्यापारिक सोचलाई सुधार गर्न तथा वित्तीय स्रोतहरूको पहुँचमा वृद्दि गर्ने लक्ष्य राखेको छ । RIN परियोजना विशषे रूपमा कोरियाबाट फर्किएका श्रमिकहरूको उद्यमशीलता प्रवर्द्वनमा सहयाेग गर्छ र याे वित्तीय स्रोतहरूको पहुँच सुधारमा केन्द्रित छ ।
यसलाई द ब्रिज इन्टरनेशनल, मेरी इयर सोसियल कम्पनी (MYSC), र कोरियन फेडरेशन अफ कम्युनिटी क्रेडिट कर्पोरेटिभ्स (KFCC) लेकार्यान्वयन गर्दैछ । जसमा स्थानीय साझेदारका रूपमा व्यवसाय वृद्दि विकल्प प्रा.लि. रहेको छ । यो कार्यक्रम श्रमिकहरूका लागि उद्यमशीलता व्यावसायिक वातावरणलाई सदृुढ पार्नका लागि सीप विकास र परामर्श (मेंटरशिप) प्रदान गर्ने उद्देश्य रहेको छ ।
पाँच चरणमा उद्यमशीलता व्यावसायिक विकास
RIN ले पाँच चरणमा उद्यमशीलता व्यावसायिक विकास प्रक्रियालाई आवलम्बन गरेको छ । जुन पहिलो दुई चरणहरू कोरियामा सम्पन्न भएका छन् । जहाँ सहभागीहरूले व्यवसायिक सोचहरू विकास गरेका थिए र कोरियन उद्यमीहरूसँगको सम्पर्कमा ध्यान केन्द्रित गरेका थिए ।
आवासीय तालिममा जम्मा १४ जना सहभागी
तेस्राे चरणको पाँच-दिने आवासीय तालिममा जम्मा १४ जना रिटर्निहरू सहभागी भएका थिए । एक जना कोरिया फर्किएका र अन्य नेपालमा भर्चुअल आइडिया शपिङ कार्यशाला मार्फत व्यवसायीक सोचमा छलफलपछि चयन भएका थिए । जसको उद्देश्य कोरियाबाट फर्किएका श्रमिकहरूलाई समग्र व्यवसाय योजना विकास गर्ने र लगानीकर्ताहरूलाई आकर्षित गरेर शिप तथा कौशल प्रदान गर्नु थियो ।
नेपाल फर्किएका श्रमिकहरूले कृषि, ई-कमर्स र अन्य क्षेत्रमा उत्कृष्ट व्यवसायिक विचारहरू प्रस्तुत गरेका थिए । छलफल, व्यावहारिक अभ्यास र तीनको प्रस्तुतिहरूमा भाग लिएका थिए । यस तालिममा सहभागीहरूलाई व्यवसायिक मोडले क्यानभासको प्रयोग गरेर व्यवसायका प्रोटोटाइपहरू विकास गर्न, वित्तीय विश्लेषण गर्न र पिच अभ्यास गर्नमा विशषे ध्यान दिइएको थियो । सहभागीहरूले तालिममा सिकेका कुराहरूलाइ समेटेर हाट बजारमा आफ्ना प्रोटोटाइपहरू समेत प्रस्ततु गरे ।
जहाँबाह्य अतिथिहरूले थप सल्लाह र सुझावहरू प्रदान गरेका थिए । जसले उनीहरूको विचारलाई थप सुधार्न र पिचिगं प्रतियोगितामा आत्मविश्वास बढाउन मद्दत गर्यो । प्रतियोगितामा, दिल बहादुर तामाङले आधनिुक कोरियन मासु पसलको आफ्नो उद्यमशीलता सोचका लागि गरेकाे प्रयास पहिलो स्थान हासिल गर्न सफल भयाे । उहाँले $ १५०० पुरुस्कार प्राप्त गर्नुभयाे । त्यस्तै सन्तोष प्रसाद दाहालले दोस्रो स्थान हासिल गर्नुभयाे ।
स्वदेशी कृषि उत्पादनको उपयाेग र बजारीकरण सोचका साथ उहाँले $ ११०० पुस्कार प्राप्त गर्नुभयाे । त्यस्तै लक्ष्मी प्रसाद ढकालले तेस्रो स्थान हासिल गर्न सफल हुनु भयाे । प्राकृतिक फाइबर कपडा बनाउने उहाँकाे विचारका लागि $ ७५० पुरस्कार प्राप्त गर्नुभयाे । प्रतियोगिता पछि, दश जना सहभागीहरू इन्क्युबेसन चरण (चार चरण) मा प्रवेश गरेका छन् । उनीहरूले आफ्नो व्यवसाय सोचहरूको थप सुधार गर्नका लागि एक-एक गर्दै बिज्ञहरूबाट सुझाव र परामर्श सत्रहरू प्राप्त गर्नेछन । यो चरण अन्तिम पिचिङ प्रतियोगितामा समाप्त हुनेछ, जनु चरण पाँचमा हुनेछ ।
कार्यक्रममा द ब्रिज इन्टरनेशनलका CEO, जिनसोल ह्वाङले व्यवसायिक सोचहरूको स्थानीयकरणको महत्त्वलाई जोड दिनुभयाे । उहाँले भन्नुभयाे, “कोरियाबाट फर्किएका व्यक्तिहरूले शिप-कौशल, स्रोत र ज्ञान ल्याउँछन् र स्थानीय व्यवसाय वातावरणलाई बुझ्न, अनकुलित गर्न महत्त्वपर्णू हुनेछ ।
यस व्यवसायिक तालिम र पछिल्लो इनक्युबेसनका समयमा हुने विज्ञ र उनका सहयोगीबाट पाइने सल्लाह, सुझावहरूले गर्दा सहभागीहरूलाई आफ्नो उद्यमशीलता सोचलाई लगानीका लागि योग्य बनाउन सहयोग पग्नेछ ।”
त्यस्तै राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले यस व्यवसायिक तालिमको सफलताको कामना गर्दै यसले स्थानीय उद्यमशीलता विकासको परिप्रेक्ष्यमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे । जसले अर्थपूर्ण परिवर्तन ल्याउने क्षमता राख्ने बताउँनु भयाे । RIN कार्यक्रमले कोरियाबाट फर्किएका श्रमिकहरूलाई अमुल्य समर्थन प्रदान गर्दै आएको छ, जसले उनीहरूलाई आप्रवासी श्रमिकबाट सफल उद्यमीमा रूपान्तरण गर्न सघाउँछ र नेपालको आर्थिक विकासमा योगदान गर्न सक्षम बनाउँछ । कोरियाबाट अर्को चरणको कार्यक्रम आगामी मार्च फागुनमा सुरू हुने अपेक्षा गरिएको छ । जसले आप्रवासी श्रमिकहरूमा आकांक्षी उद्यमीहरूका लागि थप अवसरहरू प्रदान गर्नेछ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (KOICA) गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न KOICA नेपाल कार्यालय सन १९९५ मा स्थापना भएको हो । विशेषगरी सन १९७४ देखि स्थापित कोरिया र नेपाल बीचको मित्रवत सम्बन्धलाई सुदृढ गर्न स्थापना गरिएको हो । यस कार्यालयले देशको रणनीतिक योजनाको (CP) आधारमा स्वास्थ्य, शिक्षा, र ग्रामीण विकास, कृषि जस्ता प्राथमिक क्षेत्रहरूको परियोजना र कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ ।
  • Shares

All Comments...


Please Login/Register to comment.