निरुत्तर पश्नहरु
- Post Date: 2024-11-26 04:25:13
यज्ञबहादुर कार्की
नेपालमा अहिले यति कोलाहल छ कि देशको प्रधानमन्त्री कस्तो र कसको ? यी दुई जटिल प्रश्नहरु उठिरहेका छन् । यी सब किन भए ?
थोरै भन्दा थोरैलाई थाह छ, धेरै भन्दा धेरैलाई थाहा छैन. दुई शक्ति एकातिर राज्य सत्ताको अधिकार लिएर, अरुसारा अर्कोतिर अधिकारविहीन भएर उत्रिएका छन् । खेल त गजवको भैसकेको छ । यो युद्द कसरी के मा परिणत हुन्छ ? थाह छैन ।
यसमा जहासम्म परिणाम निस्कने कुरा छ, त्यो लाभदायक अबश्य हुने संकेत देखिदैन । जनताले स्वाभिमान बचाउनुपर्ने बिकराल समय आइसकेको छ र फेरि जो सत्तासिन छन् ती आफै र आफुद्दारा आफुले वनाएका मानिसहरुबाट हठपूर्ण तर्कबाट र मिलाइने सेटिङ्गबाट आफ्ना बिपरित विचारमा जानेहरुलाई बलपूर्वक दवाउन लागेका प्रष्ट देखिदै आएका छ । सवैभन्दा ठुलो कुरा त ह्युमन राइट नै तहसनहस पार्ने खालका कामहरु हुन खोजिरहेका छ । यसमा अब मानवाधिकारमा काम गर्नेहरुको औकात र उनीहरुको जिम्वेवारी र अस्तित्वको गहन प्रश्न पनि उठन सक्ने संभावना छ ।
कानुनको दुरुपयोग, गलत मनशायले प्रेरित भएर गरिएको काम कारवाहीवाट जनता क्षुव्ध हुने र अन्तर्राष्ट्रियस्तरमा ध्यान आकर्षित गर्ने छन् । भष्टाचाररको परिभाषामा शक्तिको दुरुपयोग पनि पर्छ भन्ने बुझी राखौ । हेरौ अब देश कता जाने छ, के के परिणाम ल्याउने छ ?
-
Shares
All Comments...
Please Login/Register to comment.