News Image
अर्जुन कोन्दा
शनिबारको दिन कार्यालय बन्द थियो । उठ्न पनि अल्छी लागिरहेको थियो । त्यतिकैमा मोबाइलमा घण्टीमा बज्यो ।
कसको फोन भनी हेर्न खोजेको त छिमेकी पर्ने दाजुको पो रहेछ । शरीरलाई तन्दुरुस्त पार्न हरेक बिहान उहाँ लामो समय हिड्न मन पराउनु हुन्थ्यो । कहिलेकाँही म पनि उहाँसँगै जाने गर्थे। शरीरको वजन बढ्न लागेपछि आफैँलाई गा¥हो हुँदोरहेछ । सामान्य हिडाइमा त त्यस्तो गा¥हो महसुस हुन्न, तर उकालो लाग्दा भने स्वाँस्वाँ आउदो रहेछ । स्वाँस्वाँ र फ्वाफ्वाबीच दाजुभाइ यसरी नै हिड्दै थियौँ । दाजुले बीचमा जेठाबा र चन्द्रमायाको कथा झिकिहाले । दाजुले सोध्नुभयो, चन्द्रमायालाई साँच्चै अटिजम नै भएको हो त?
मैले अटिजम जस्तो लागेको तर एकिन नभएको बताएँ । एकक्षण उहाँ चुप लाग्नु भयो । अनि फेरि सोध्नुुभयो, जेठाबाले एस.एल.सी दिनुभयो कि भएन? यस प्रश्नको जवाफ मसँग थिएन। उहाँले जेठाबालाई भेटेर बेस्सरी गाली गर्न मन लागेको बताउनुभयो । म मौन थिएँ । दाजुले शनिबार दुबैलाई कार्यालय छुट्टी भएकाले रोशी खोला घुम्ने योजना सुनाउनुभयोे । मैले भनेँ, अहिले रोशी खोला घुम्ने उपयुक्त समय होला र? वि.पि. राजमार्ग बगेपछि खोलैखोला भएर बाटो खोलेको भन्ने सुन्छु । धुलोले बिरामी पो पार्ने हो कि?
तापनि दाजुले कर गरेपछि नाइँ भन्ने मेरो बानी थिएन। दाजुको योजना चैँ रोशी खोला हेर्न जाने भन्दा पौडन जाने अनि मिले जेठाबालाई भेट्ने नै हो भन्नेमा शंका रहेन । सुडालको ठूली ब्रम्हायणी मन्दिरसम्मको हिडाइपछि फर्केर हामी घर पुग्यौँ । बिहानको चियानास्ता जगातीको सानो होटलमा गर्ने हाम्रो योजना बन्यो । एउटा मात्र मोटरसाइकलमा जाँदा कस्तो कस्तो लागेकाले अरु थप एक मोटरसाइकलमा साथी सञ्जयलाई पनि निम्त्यायौँ । सञ्जयले पनि मानिहाले । 
बिहान साढे सात बजे हामी जगातीमा भेला भयौँ । सञ्जयले कुरा झिकीहाले, जेठाबालाई पनि भेटेर आउनुपर्ला ।
मैले पनि सहमति जनाएँ । तीनजनाको सहमति मिलेपछि झन रमाइलो भयो । चिया र सेल खाएपछि हाम्रो मोटरसाइकलले हामीलाई तुरुन्त पलाँसे पु¥यायो । अरनिको राजमार्गलाई थप चौडा पार्ने काम भइरहेको रहेछ । मोटरसाइकललाई कहिले उफार्दै त कहिले खाल्टोमा थचार्दै साँगा पुग्योैँ। बायाँतर्फ साँगा महादेवको दर्शन गरी झोलुङ्गेपुल हेर्दै हामी बनेपा पुग्यौँ । त्यसपछि हामी धुलिखेल हुँदै भकुण्डोबेसी झ¥यौँ ।
भकुण्डोबेसीँ बजार पुगेपछि सञ्जयले मोटरसाइकल पुरानै चिया पसल अगाडि लगेर रोकिहाले । साथीले मोटरसाइकल रोकेपछि मैले नरोक्ने कुरै भएन । साथीले बाहिरबाटै भित्र चिया खाइरहेकाहरुलाई नियाल्न थाले । मैले जिस्काइहालेँ, के हो केटो? जेठाबालाई भेट्न हो कि चिया ल्याउने बहिनीलाई भेट्न हो?
मेरो कुरालाई सञ्जयले वास्ता पनि गरेन । हुन त साथीहरुको भेटघाटमा सामान्य जिस्काइ त भइनै हाल्छ । उनले साहुजीलाई सोधे, साहूजी जेठाबा चिया खान आउनु भएको छैन ?
छैन, केहिबेरमा आउनुहोला कि, साहुजीले जवाफमा भने । सञ्जयले तीन कप चिया बनाउन साहुजीलाई अनुरोध गरे । हामी पसल बाहिरै गोलो टेबलको वरिपरि काठे मुढामा बसेर गफिन थाल्यौँ । सञ्जयको बिहे भइसकेको थिएन । दाजुले दाप्चाको केटी पो खोेज्ने हो कि भनी जिस्काइहाले । 
भित्रबाट साहुजीले पनि जिस्काउन भ्याइहाले, म खोजी दिउँला नि हुन्न, भाइ । सञ्जयले लाज मान्दै हुन्छ भने । गफ सुरु भएकै थिएन, जेठाबा हामीलाई हेर्दै नहेरी पसलमा छिरिहाले । अनि एकक्षण साहुजीसँग गन्थन गरी अस्तिकै कुनामा थचक्क बसे । मैले पनि भित्र छिरेर जेठाबालाई भनेँ, नमस्कार, जेठाबा, हामीलाई चिन्नु भएन कि कसो?ँ
जेठाबा मुसुक्क हाँसे ।
हामी त तपाईको कथा सुन्नलाई आएको नि, मैले यतिकै भनिहालेँ ।
दुखेको घाउमा नुन छर्नलाई हो? जेठाबाले भने ।
होइन, चन्द्रमायाको कथा सुनेपछि घर पुग्दा म राती सुत्नै सकिनँ , सञ्जयले भने । 
मैले दाजुलाई हेरेर मसिनो स्वरमा भनेँ, गफ पनि कति गर्न जानेका?
जेठाबाले सञ्जयलाई हेर्दै भने,हो र?
मैले सोचेको थिएँ, जेठाबा फेरि टोलाउनेछन् । अँह, त्यस्तो हुँदै भएन । उनी अलि प्रसन्न मुद्रामा प्रस्तुत भए ।
सञ्जयले थपिहाले, हो नि जेठाबा । रातभरि मैले कहिल्यै नदेखेकी चन्द्रमाया मेरो पलङ सामुन्ने आई उभिरही ।
म झसँग भएँ , तापनि भनेँ, होइन होला ।
अनि के भयो त? मैले सोधेँ । सञ्जयले भने, उनी बाँबाँ बाँबाँ भनेर रुन लागी । उनले झुत्रो गुन्युचोलो र कालो सुरुवाल लगाएकी थिइन् । उनको अनुहार पूर्णिमाको जुनभन्दा तेजिलो र राम्रो थियो । तर सपनामा उनका खुट्टाहरु चैँ सद्दे थिए । रातभर उनले एकतकले मलाई हेरिरही ।
मलाई लाग्यो, सञ्जयलाई चन्द्रमाया कथाले अलि बढी छोएको हुनुपर्छ । मैले सोधेँ, अनि डर लागेन?
सञ्जयले भने, डराएर सिरकले गुटुमुटु छोपेर बसेँ । तर ती नानीले मलाई केहि गरिनन्, बिहानको पहिलो प्रहरमा आफैँ अलप भइन् ।
अब भने जेठाबाको अनुहारमा परिवर्तन महसुस गरेँ । मेरो दाजुले भन्नुभयो, चन्द्रमायाको आत्माले शान्ति पो नपाएका हुन् कि?
जेठाबाले मुख खोले, मैले पनि त्यही सपना देखेँ । सपनामा चन्द्रमायाले केहि चिज मागिरहेकी थिइन् । तिनका आँखाहरुले केहि बोलिरहेका थिए । मैले बुझ्नै सकिनँ । रातभरि सिरानीनेर आएर उभिरही । मैले केहि बोल्नै सकिनँ ।
सञ्जयले थप प्रश्न गरे, केहि बिराउनुभयो कि ।
जेठाबाले मलिन अनुहारमा भने, मैले अस्ति थोरै झुठो बोलेथेँ ।
म छक्क परेँ । जेठाबाले कसरी झुठो बोल्न सक्नुहुन्छ? त्यो पनि स्वर्गीय भइसकेकी आफ्नी छोरीको बारेमा ।
जेठाबा भक्कानिए, म कसरी मेरो पापको कथा सुनाऊmँ, जुन मैले आजसम्म लुकाउँदै आएको छु । चन्द्रमाया बाह्र वर्षमा मरेकि होइनन् । पच्चीस वर्षसम्म नरकमा बसेर मरेकी हुन् भन्ने ममा आँट नै आएन । अझ कसरी मरी भनेर अहिले पनि भन्न म असमर्थ छु ।
अब टोलाउने पालो जेठाबाको होइन, मेरो थियो । पच्चीस वर्षको उमेरसम्म आफ्नै छोरीलाई कालकोठरीमा थुनेर राख्दा चन्द्रमायाको हालत के भयो होला? अब जेठाबाको आँखामा होइन, मेरा आँखामा आँसु पिलपिल गर्न थाले । पसलमा चिया खान आउनेहरु मतिर केन्द्रित भएको चालै पाइनँ । म कथामा डुब्न थालेँ ।
जेठाबा, त्यत्रो वर्ष आफ्नै छोरीलाई गोठमा राख्न तपाईलाई अलि कति पनि लाज लागेन? जेठाबाका आँखाहरु मेरा संगीन प्रश्नले थप घायल भए । उनले भने, मसँग विकल्प थिएन ।
तपाई झुठमाथि झुठ बोल्दै हुनुहुन्छ । साँचो के हो हामीलाई भन्नुस्, नत्र प्रहरीमा खबर पु¥याउन हामी पछि हट्दैनौँ, मैले धम्की दिएँ । छोरीको मृत्युले विक्षप्त बुबालाई मैले त्यसरी बोल्नै हुन्नथ्यो । तर मैले आफूलाई रोक्नै सकिनँ । 
जेठाबा भन्न थाले, म कसरी भनूँ, त्यो छोरीको नरकीय जीवनबारे । उनी सानोमा हिड्न नसक्ने भएपनि पछि हिड्न सक्ने भएका नै थिए । उपचारको क्रममा दौडने सक्ने भइसकेकी थिइन्, बाह्र वर्षको उमेरमा । तर...। उनी बीचैमा रोके । यति भनिरहँदा उनको आँखा पूर्ण रुपमा आँसुले भरिसकेका थिए ।
तर...के...? मैले सोधेँ।  जेठाबाले भन्न थाले, तिनका खुट्टाहरु तिनका  वशमा थिएनन् । चन्द्रमायालाई भीर पाखोबारे केहि पनि थाहा थिएन । तिनी खुट्टाले जता डो¥यायो उतै पुग्थी । एकचोटी उनी चिहान डाँडामा पुगेर नाचिरहेकी थिइन् । हामी छोरी हरायो भनी चारैतिर खोज्न थाल्योैँ । बल्ल साँझतिर हामीले भेटायौँ । नभेटाएको भए के हुन्थ्यो, भन्न सक्दिनँ । त्यस घटनापछि भने परिवारमा थप चुनौति सुरु भयो । हामी चन्द्रमायासँग दौडन नसक्ने, उनी दौडदा कहाँ जाँदैछु चाल नपाउने । कतिचोटि त हराइ पनि सके । तापनि गाउँलेहरुको सहयोगमा भेटायौँ । राम्ररी बोल्न नसक्ने, हामीले भनेको नबुझ्ने अनि तिनले बोलेको हामीले नबुझ्ने भएपछि त झन् समस्या हुन थाल्यो । दिसापिसाब आफैँ गर्न नजान्ने भएकाले तिनकी आमा सधैँ गोठालो बस्नै पर्ने भयो । अनि खेतको काममा व्यस्त हुँदा गोठमा थुनेर जाने बाहेक विकल्प नै थिएन। फर्कदा फेरि उही कथा दोहोरिन्थ्यो । दिसापिसाबले भिजेको कपडामा बसिरहेकी हुन्थी । भाग्ला भन्ने डरले गर्दा साङलाले बाँधेर राख्नुपर्ने अवस्थासम्म आइप¥यो । बीच बीचमा गाउँमै उपचार गर्ने कोसिस पनि नभएको होइन । तर सकेनौँ ।
एक दिनको कुरा हो । म काममा फर्कदै थिएँ । बाटामा केहि अल्लारे ठिटाहरुसँग मेरो भेट भयो । तिनीहरु मेरो बाटो छली भाग्न खोजे । मैले केहि बुझ्न सकिनँ । घर पुग्दा थाहा पाएँ । चन्द्रमायाकी आमाले गोठमा छिर्न लागेकोे देखेर लखेटेर पठाएका रहेछन् । अब भने म झन डराउन थालेँ । चन्द्रमायाको सुरक्षा मेरो टाउको दुख्ने विषय बन्न थाल्यो । उनका भाइहरु सानै थिए । दिदीको रेखदेख गर्न सक्ने खालका थिएनन् । त्यसैले चन्द्रमायाको नियति गोठमा गाइभैसीसँग बस्नु नै भयो । गाइभैसीको गोबरले भरिरहने गोठ चन्द्रमायाको लागि सहि थिएन । तर घरमा राख्न सक्ने वातावरण पनि थिएन ।
समस्या तब बढ्न थाल्यो, जब चन्द्रमायाले उमेरले बीस वर्षमा टेकी । हामी सधैँ घरमा हुन्न थियौँ । फर्कदा अल्लारे ठिटाहरु गोठको वरिपरि हुन्थे । गोठमा ताल्चा लगाउनुको विकल्प थिएन । चन्द्रमाया आफ्नै घरको गोठमा कैद भई । किनकी यो संसार तिनी जिउन लायक नै थिएन । मलाई आफू गलत छु भन्ने लागेकै हो, तर केहि गर्न सकिनँ ।
सञ्जयले बीचमा सोधे, अनि तिनी कसरी बितिन् त? 
जेठाबा भन्न सकिरहेका थिएनन् । तापनि सानो स्वरमा भने, त्यो कालो रात म कसरी बताऊँ? कसरी बताऊँ कि भाग्यले ठगिएकी चन्द्रमाया बलात्कृत भई ।
मसँग प्रश्न सोध्ने हिम्मत नै भएन । जेठाबाले आफैँले कथाको अन्त्य गर्न चाहे । 
जेठाबाले भने ,जाडो याम थियो  ।  साँझ म कामबाट फर्कदै थिएँ । चन्द्रमायाकी आमा घरकै काममा अलमलिएकी थिइन् । म गोठमा पुग्दा चन्द्रमाया अचेत भई गुण्ड्रीमा पल्टेकी थिइन् । गुण्ड्रीमा रगतै रगत देख्न सकिन्थ्यो । चन्द्रमायाको लुगा पनि च्याटिएको थियो । शरीरको तल्लो भागमा केहि थिएन । मैले मेरो लुगाले छोपिदिएँ । मैले आँटिदै बुढीलाई बोलाएँ । बुढी गोठमा आइपुग्दा चन्द्रमायाको होश खुलिसकेको थियो । तिनी केहि भन्न खोजिरहेकी थिइन्, तर सकिनन् । तिनी डराएकी थिइन् । तिनको गहभरि आँसु थियो । तिनकी आमाले अँगालोमा बेरे । आमा छोरी घण्टौसम्म रोइरहिन् । त्यो दिन गोठमा ताल्चा लगाउन बिर्सिएको रहेछ । मैले केहि बोल्न सकिनँ । प्रहरीमा उजूरी पुग्यो, तर अपराधी पत्ता लाग्नै सकेन । त्यो दिनदेखि चन्द्रमायाको मानसिक सन्तुलन नै गुमेजस्तो भयो । तिनी टोलाएर बस्ने गर्थी । खाना पनि खान छोडी । 
एकदिन मैले चाल पाएँ । विषम ज्वरो आएको रहेछ । सितामोलले काम गर्दै गरेन। स्वास्थ्य चौकी नजिकृ थिएन । शरीर कहिल्यै हिटरझै तात्थ्यो त कहिले बरफ झै चिसिन्थ्यो । सिरकले जति छोप्दा पनि भएन । अन्तमा चन्द्रमायाले अन्तिम श्वास फेरी ।
चन्द्रमायाका भाइहरु हामीलाई दोषी ठान्छन् । त्यसैले हामीसँग कहिल्यै राम्रो सम्बन्ध भएन । पछि विदेश पुगेपछि त झन् वास्ता नै गर्न छोडे । अब हामी एक्लिएका छौँ । जेठाबालले कथा टुङ्ग्याए । जेठाबाले कथा सकाउदै गर्दा पसलमा चिया पिउन आएकाहरु सबै हामीलाई हेरिरहेका थिए । सबैको आँखामा आँसु थियो । मैले जेठाबालाई गएर अँगालो हालेँ । अनि भनेँ, हुने हार दैव नटार । आफूलाई दोष दिन छाड्नुस् बुबा ।
एक्कासी मेरो मुखमा जेठाबाको साटो बुबा भन्ने शब्द आएछ । नेपालथोेक गई कुशेश्वर भगवानको दर्शन गर्ने इच्छा त्यतिकै विलायो । हामी जेठाबासँग बिदा लिई काठमाण्डौँ फर्कियौँ । मैले बल्ल बुझेँ, जेठाबाले किन झुठ बोलेका रहेछन् । म कथा सुन्नेलाई त यति पिडा महसुस भयो भने जेठाबालाई के भयो होला? विचरा जेठाबा... अनि चन्द्रमाया...।















  • Shares

All Comments...


Please Login/Register to comment.