News Image

नेशनल साईबर ओलम्पियाड २०८१ (National Cyber Olympiad - 2081) को चौथो संस्करण आयोजना हूने भएको प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पियाड२०८१ पौष १५ गते देखि काठमाण्डौमा हुने छ। 

पौष १५  गते देखि सुरु हुने यस कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढि स्कूलका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।  नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने जसमा सहभागी हुने स्कूलहरुले पौषको ५ गते सम्ममा दर्ता गर्नुपर्ने

आयोजकका अनुसार यो प्रतियोगिताको चारवटा संस्करण यस अघि २०७१, २०७२, ०७३ र २०७९ मा सफल रुपमा आयोजना भईसकेको पाँचौ संस्करण अझ परीस्कृत रुपमा सम्पन्न हुन गइरहेको हो । प्रतियोगिता Qualifying, Semifinal Final गरी तीन चरणमा Knock Out पद्तिबाट संचालन हुने छ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling and Gasping Round हरुमा दर्ता भएका प्रतियोगी समुह वीच प्रतिस्पर्धा गराइने  यसपटकको नेशनल साईबर ओलम्पियाडमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यशालाहरू प्रत्येक हप्ता सञ्चालन हुने छन्। उक्त कार्यशालामा प्रतियोगितामा भाग लिने भाइबहिनीहरू तथा प्रतियोगितामा भाग लिन नसकेका भाइबहिनीहरूले पनि कार्यशालामा सहभागी भई प्रविधि क्षेत्रको सिप सिक्न पाउनेछन् । 

नेशनल साईबर ओलम्पियाड– २०८१ प्रतियोगितामा उत्कृट हुने टिमले नगद पुरस्कार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गर्ने आयोजकले जनाएको प्रतियोगिताको ओरिन्टेसन पौषको १५ गते सुरु भई अन्तिम चरणको प्रतियोगिता माघको ७ गते सम्पन्न हुनेछ  सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने अवसर पाउने कुरा यसका संस्थापक अध्यक्ष श्री लक्ष्मण पोख्रेलले बताए। 

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सम्वन्धित स्कुलमा पठाइएको फारम भरेर वा अनलाइन मार्फत पनि तलको लिन्कबाट नाम दर्ता गर्न सक्छन्। 

रजिष्टे्शन लिन्क: https://forms.gle/yndNVdzY4vUe9wRc9

  • Shares

All Comments...


Please Login/Register to comment.