सत्ता
- Post Date: 2024-11-27 08:57:04
आर.के. विद्रोही
हो ! सत्ता ! हुनेखानेलाई भाग्य बरदान
सत्ता ! हँुदाखानेलाई अभिशाप ।
प्रतिपक्ष हुँदा भाषणमा नातावाद कृपावाद देखिन्दैन
तर सत्तापक्ष हुँदा व्यवहारमा किञ्चित फरक देखिन्दैन ।।
हो ! सत्तावाद देखाउन नपरेसम्म विरोध गर्ने
कार्यकर्ता र नेताले दवाव दिएपछि सत्ता नै चाहिने ।
सत्ताको गीत संगित कथा कविता वाचन गर्न
पुँजी नै चाहिने नभए विदेशीको आर्शिवाद चाहिने ।।
हो ! शासकले आफ्नैलाई पुरस्कृत गर्नै पर्ने
हुनेखाने जान्नेले पद र पैसा छोड्नै नहुने ।
मन्त्री बन्ने मौका आफैले लिनुपर्ने
इमान्दारलाई छोडेर आफ्नैले सत्ता चलाउनु पर्ने ।।
हो ! कोही सबै त्यागेर देश सफल पार्न दत्तचित्त भएर लाग्ने
उनीहरुलाई नै सत्तामा पद र पैसा नपाउने ।
कसैलाई ठूलावडाको अगाडि नाकमुख देखाएर कुर्सी छोड्नै नहुने
चुम्बकले जस्तै नेताको कुर्सीमा गमले टाँस्ने ।।
प्रतिपक्ष निरीह बनी जनताको अनुरोध सुन्नै नचाहने
जनताको सुझाव सम्बन्धित ठाउँमा पु¥याउन डराउने ।
पहुँच हुनेहरुले कानुन उल्लंघन गर्न पाउने
गरिब र कामदार जनतालाई कानुनले बाँध्ने ।।
हो ! जनता पनि वर्गमा विभाजन हुने
हक अधिकार मागेर होइन खोसेर जीउनुपर्ने ।
हुनेखानेको आश्वासनले आकास छुने तर व्यवहारमा लागु नगर्ने
हुदाँखानेको कथा दुःख पीडाले भर्ने तर जनताको आँसु पुछ्ने ।।
हो ! राजनीति राजनीतिको निम्ति नभई जनताको सेवा गर्ने हो
सशसत्र संघर्ष बिना राजनैतिक अधिकार नहुने हो ।
संघर्ष दविएका कामदार जनताको क्रान्तिको राँको हो
त्यसैले ! राजनीतिले कामदार जनताको शासन ल्याउने हो ।।
धन्यवाद !
-
Shares
All Comments...
Please Login/Register to comment.