News Image
भक्तपुर । भक्तपुरको एउटा नगरपालिकाका प्रमुखले केन्द्र र प्रदेश सरकारविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । जिल्लाको चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बारम्वारको निरन्तरको ताकेताले पनि भक्तपुरदेखि नगरकोट पुग्ने सडक पुननिर्माण सम्पन्न नभएकाले यसविद्धरु आन्दोलनको चेतावनी दिए । शान्तिपूर्ण रुपमा लोकतान्त्रिक आन्दोलनलाई निरन्तर वेवास्ता गर्दै आएकाले उग्र आन्दोलनको विशल्प मात्रै बाँंकी भएको उनले आरोप लगाए । 
नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी र समग्र चाँंगुनारायण नगरपालिकाको समृद्धि विषयमा शुक्रबार नगरप्रमुख जीवन खत्रीसँंगको अन्तरक्रियामा नगरप्रमुख खत्रीले नगरकोट भ्रमण वर्ष अगाडि नै सडकको काम नसकाई भ्रमण वर्षलाई नकारात्मक प्रभाव पार्ने अवस्था आए हिंसात्मक आन्दोलनमा जानुको विकल्प नभएको बताए । उनले भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि कार्यक्रममा गराए । 
नयाँंवर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्ष सुरु हुने उनले जनाए । भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूर्ण क्षेत्रमा विभिन्न क्रियाकलापहरु हुने उनले जनाए । यसले नगरबासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास उनले गरे ।
चाँंगुनारायण नगरपालिकामा दोश्रो पटक स्थानीय निकायको निर्वाचन भएर २०८० मा जीवन खत्रीको नेतृत्वमा चाँंगुनारायण नगरपालिकामा नयाँं जनप्रतिनिधि आएको पहिलो बैठकमै नगरकोट भ्रमण वर्ष २०८२ को निर्णय गरी घोषणा भएको थियो । घोषणा लगतै नगरपालिकाले तयारीको काम थालेको भन्दै प्रमुख खत्रीले भ्रमण वर्षलाई सफल पार्न सवैसँंग सहयोगको आशा व्यक्त गरे । 
कार्यक्रममा चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले नगरकोट भ्रमण वर्ष २०८२ का विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।



  • Shares

All Comments...


Please Login/Register to comment.