नवदुर्गा भवानी र भक्तपुरबारे गोष्ठी हुने
- Post Date: 2024-11-29 08:26:28
भक्तपुर । भक्तपुर विकास सहयोग सङ्घले साँस्कृतिक सचेतना एवं सामाजिक उत्थान गर्ने उद्भेष्य लिइ शनिबार भक्तपुरमा “नवदुर्गा भवानी र भक्तपुर “ विषयक खोपृङ विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।
उक्त विचार गोष्ठीको स्रोत व्यक्तिका रूपमा विज्ञहरू क्रमशः संस्कृतिविद् हरिराम जोशी, इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठ, तन्त्रविज्ञ मृगेन्द्र राज सुवेदी र नवदुर्गा जात्रा व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमाला चयन हुनुभएको छ भने इ. सुदिप हाडा सहजकर्ताको भूमिकामा रहनु हुनेछ ।
सोही कार्यक्रमको आवश्यक तयारी र व्यवस्थापनको लागि बिहीबार सङ्घको कार्यालय बुद्धनगर काठमाडौमा बसेको कार्यसमितिको बिस्तारित बैठक बस्यो । बैठकको अध्यक्षता गर्नुहुँदै अध्यक्ष राजुमृगेन्द्र जोशीले सबैको सक्रिय सहयोग पाएर कार्यक्रम सफल हुनेमा आफु विश्वस्त रहेको र यो कार्यक्रमको आयोजनाले सङ्घको गरिमा अझ उच्च हुने बताउनुभयो । बैठकमा गोष्ठीका सहजकर्ता इ. सुदिप हाडाले गोष्ठी कार्यक्रमको खाकाबारे बिस्तृत जानकारी दिनुहुँदै सम्पूर्ण तयारी र व्यवस्थापनबारे अवगत गराउनुभयो । बैठकमा सहभागी सबैलाई सङ्घका महासचिव प्रा.डा. माला मल्लले स्वागत गर्नुभयो भने सचिव राम सैंजुले बैठकको एजेण्डा प्रस्तुत गर्नुभयो । त्यसैगरी ईश्वर पलिखेलले गोष्ठीका लागि सहभागी हुन सङ्घका सम्पूर्ण आजीवन सदस्यहरू, अतिथिगण र इच्छुक महानुभावहरूलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट सार्वजनिक आह्वान समेत गरिसकिएको जानकारी गराउनुभयो । बैठकमा सहभागीहरूले आफूलाई लागेको जिज्ञासा र धारणा समेत व्यक्त गर्नुभयो । बैठकको अन्तमा सङ्घका दोस्रो उपाध्यक्ष गजेन्द्र बहादुर भुजुले गोष्ठीको लागि सबैले आ–आफ्नो ठाउँबाट गरिरहको तयारी र अथक परिश्रमको सर्हाना गर्नुहुँदै कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
-
Shares
All Comments...
Please Login/Register to comment.