News Image
भक्तपुर । सधैं कक्षाकोठामा वसेर पढाईमा व्यस्त रहने भक्तपुरको ख्वपका विद्यार्थी शुक्रबार फिल्डमा पुगेका छन् । ख्वपमा पत्रकारिता मुख्य विषय लिई अध्ययनरत विद्यार्थी व्यवहारिक ज्ञानका लागि फिल्डमा गएका हुन् ।
ख्वप मावि देकोचा भक्तपुरमा कक्षा ११ का पत्रकारिताका विद्यार्थी रिपोटिंग (सूचना संकलन) अभ्यासका लागि बाहिर गएका हुन् । पुस्तकमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा बुझ्न उनीहरु बाहिर पुगेका छन् । 
ख्वपका पत्रकारिताका विद्यार्थीलाई प्रत्येक हप्ताको शुक्रबार बुक फ्रि गराई व्यवहारिक (प्राक्टिकल) कक्षा हुने गरेको स्कुलले जनाएको छ ।

  • Shares

All Comments...


Please Login/Register to comment.