News Imageखड्क सुनार मुगु १४ मंसिर दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसंँगै मोटर गाडी पुगेको हो । 
सोरु गाउँपालिका मुगु मार्फत निमार्ण भएको सडक पहिलो पटक लिब्रु गाँउमा गाडी गुडेको देखेपछि स्थानीय खुसी छन् । सोरुकोट सडक अन्तर्गत प्रदेश सरकारले सोरु गाउँपालिका मार्फत सोरुकोट मसिनमेला लिब्रु गाँउसम्मको सडक बिगत दुई वर्ष अगाडी देखिनै बिभिन्न दातृ निकाय बाट करिब २ करोड रुपँैया वढी बजेटबाट १३ किलोमिटर सडक निमार्ण कार्य पुरा भई लिब्रु गाँउ सम्म गाडी पुगेको सोरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधकिृत तीर्थराज शाहीले बताए । 
राष्ट्रि«य सडक सन्जाल बाहेक अन्य गाँउ बस्ती बस्ती सम्म सडक सञ्जाल जोड्नको लागी सोरु गाउँपालिकाले सबै बस्तिहरुमा सडकको पहुँच पुर्याउन निर्माण कार्य लाई तिव्रता दिइएको छ । सोरु गाउँपालिकाको ९ वटै वडाका ५६ बस्ति मध्ये ५० वटा बस्तिमा सडक पहुँचमा पुगेको प्रमुख शाहीले भने बाँकि रहेका स्थानहरुमा चाँडै सडक सञ्जाल सँग जोड्ने उनले जानकारी गराए । सदरमुकाम गमगढी बजार र रोजगारीको लागि तेश्रो मुलुक भारतमा गएपछि मात्र गाडी, सडक देख्न र चढ्न पाएका थियौं, अहिले आगनमैै गाडी पुगेपछि गज्जव भएको सोरु गाउँपालिका वडा नं ४ लिबु्र गाउँका स्थानीय बास्मति नेपालीले बताईन । गाउँबाट सदरमुकाम गमगढी पुग्न पैदल यात्रा बाट दुई दिन सम्म लाग्थ्यो । गाडी गुड्न थालेपछि यो बाटो छोटिएको उनको भनाइ छ । सडक र सवारीसँगै गाउँको मुहार फेरिनेमा आशाबादी हुदै भन्छन् अव यात्रा मात्र होइन हाम्रा उत्पादन पनि बिक्री हुने दिन आए । यता सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीका अनुसार यो सडक निर्माण सम्पन्न भए पश्चात कर्णालीको अर्को प्रमुख सडक रुपमा हेरिएको कर्णाली करिडोर सँग जोडिदा बिशेष गरेर हुम्ला र मुगुका स्थानीय लाई राहत भएको छ । लिबु्र सडकले हुम्लाका अदानचुली गाउँपालिका , सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाका नागरिकहरु लाई सहज भएको बताएका छन् ।
 यि स्थानीय तहका नागरिकहरु प्राय सरकारी तथा अन्य कामहरु गर्न , स्वास्थ्य उपचार लगायतका सेवा लिन मुगुका केही बस्ति र सोरुकोटमै पुग्न धेरै सास्ती भोग्नु परेको थियो अहिले सडक पुगे पछि सहजै रुपमा सेवा लिन पाउने बिश्वास गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच तामझामका साथ सडक लाई औपचारिक रुपमा उद्धघाटन गरि सञ्चालनमा ल्याईएको छ ।
  • Shares

All Comments...


Please Login/Register to comment.