काठमाडौं । कोरोना महामारीबाट पीडित पेशा व्यवसायीहरुको हकहितको लागि महामारी पीडित पेशा व्यवसायी संयुक्त संघर्ष समिति गठन गरिएको छ । शनिबार राजधानीमा भएको बहृत भेलाबाट एन प्याव्सनका सल्लाहकार कर्णबहादुर शाहीको अध्यक्षतामा ५९ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितिका सदस्य सचिवमा सार्वजनिक यातायात महासंघका किरणकुमार रिजाल रहेका छन् ।
समितिमा विभिन्न वस्तुगत संघका प्रतिनिधिहरु सदस्य रहेको भेलामा सहभागी डा राजेन्द्र कोजूले जनाए । उनका अनुसार भेलामा निर्माण व्यवसायी, क्याटरिंग, पार्टी प्यालेस, टान, हान, ट्राभल्स एण्ड टुर, ट्याक्सी व्यवसायीलगायतका विभिन्न वस्तुगत संघका प्रतिनिधिहरु सहभागी रहेका थिए । समििितले महामारी पीडित पेशा व्यवसायीहरुको हकहितका लागि देशभर आन्दोलन गर्ने जनाइएको छ ।  

...

All Comments.......


Please Login/Register To Comments