News Image
सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक एवं बाह्रय पर्यटकलाई आकर्षित गर्ने एवं मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले मध्यपुर महोत्सव आयोजना गरिएको बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्धारा आयोजित रेडक्रस स्मारिका २०८१ विमोचन एवं सम्मान कार्यक्रमलाई संबोधन गर्दै नगरप्रमुख श्रेष्ठले उक्त विचार व्यक्त गर्नुभएको हो । 
नेरेसो मध्यपुर थिमि उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले आगामी पुस १२, १३ र १४ गते आयोजना गरिएको मध्यपुर महोत्सवमा रेडक्रसकर्मीहरुको भूमिकाबारे चर्चा गर्दै विप्दमा परेका मानवको उद्धार, राहत र पुनस्थापनमा नेरेसो मध्यपुर थिमि उपशाखाको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठले रेडक्रसका कार्यहरुको प्रशंसा गर्दै उपशाखाको भवन निर्माण नपा र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा अघि बढ्ने बताउनु भयो । उपप्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्रि नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास भईसकेको र अस्पतालको सेवासुविधा बृद्धि भइरहेको भन्दै मध्यपुर महोत्सव सफल पार्न सबैको साथ र सहयोग जरुरी रहेको बताउनु भयो । कार्यक्रममा उत्कृष्ट स्वंसेवकद्धारा मध्यपुर थिमि वडा नं. ४ निवासी सुर्यकृष्ण थापा श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको मूल्यमान्यता एवं दायित्वबारे बुदाँगत चर्चा गर्दै मध्यपुर थिमि नगरपालिका, स्थानीय समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा उपशाखाको भवन शिलान्यास गरिएको जानकारी दिदैं विप्दमा परेका मानवहरुको उद्धार र राहतमा नेरेसो मध्यपुर थिमि उपशाखा सदैव क्रियाशील रहेको बताउनु भयो । उपशाखाका सचिव जीवन श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा रेडक्रस स्मारिका २०८१ विमोचन गरिएको थियो । स्थानीय जनआदर्श क्याम्पसको सभाहलमा भएको उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व सुर्यकृष्ण थापा श्रेष्ठ, उपशाखाकी उपसचिव सुशिला श्रेष्ठ लगायतका वक्ताहरुले कार्यक्रमको उद्देश्य र महत्व सहित आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

  • Shares

All Comments...


Please Login/Register to comment.