News Image
भक्तपुर । विहानको सूर्याेदय हेर्नका लागि संसारमै प्रख्यात छ, भक्तपुरको नगरकोट । सूर्याेदयसँंग सूर्यास्त हेर्न पनि उतिकै प्रख्यात छ नगरकोट । सूर्याेदय र सूर्यात हेर्न संसारभर प्रख्यात भक्तपुरको नगरकोट अव त्यस्तो रहेन । अहिले नगरकोटबाट न सूर्याेदय राम्रासँंग देखिन्छ न त सूर्यास्त नै ।
यही कारण नगरकोटलाई ‘रि—ब्राण्डिङमा’ (पुनः अर्काे नामले परिचित गराउने) योजनामा रहेको बताउँंछन्, जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामा । वडा अध्यक्ष लामाका अनुसार विविध कारणले अहिले नगरकोटबाट न सूर्याेदय देखिन्छ न सूर्यास्त नै । धुवाधुलाको वातावरण प्रदूषण, जलवायु परिवर्तन लगायतका कारण अहिले नगरकोटबाट सूर्यादय र सूर्यास्त देखिन्छ भन्ने चिनारी इतिहास भएको वडा अध्यक्ष लामा सुनाउँंछन् ।
यही कारण यसलाई अरुअरु नामहरुबाट चिनाउने र पर्यटक आगमनलाई निरन्तरता दिन लगाइरहने योजना थालेको वडा अध्यक्ष लामाले सुनाए । अहिलेलाई हामीले नगरकोटका अरु ६ पर्यटकीय गन्तव्यस्लाई चिनाइ नगरकोटलाई अर्काे नामहरु ‘रि—ब्राण्डिङ’ गराउने योजना सुरु गरेको उनले जनाए । उनका अनुसार नगरकोटको महादेव कुण्ड, महामञ्जुश्री लगायतका ठाउँंहरुको नयाँं परिचयबाट नगरकोटलाई चिनाउने योजना रहेको छ ।
महादेव कुण्ड नगरकोटको एउटा विशेष पोखरी हो । यहाँ प्रत्येक वर्ष रक्षा बन्धनको दिनमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ काठमाडौ, भक्तपुर, साँखु र बनेपादेखिका भक्तजनहरूको भीड मेलामा लाग्ने गर्दछ । यो नगरकोट र काभ्रेको टुकुचा गाविसको दोसाधमा रहेको छ । महामञ्जुश्रीस्थान चाँंगुनारायण नगरपालिकाकै एउटा प्रख्यात ठाउँं हो । यसअघि स्थानीय निकायको पुनर्संरचना गरी जिल्लाको उतरी यो क्षेत्रका तत्कालिन गाउँं विकास समितिहरु मिलाएर नगरपालिका घोषणा गर्ने बेला यो क्षेत्रलाई चाँंगुनारायण र महामञ्जुश्री गरी दुई नगरपालि बनाउने गरी नामाकरण गरिएको थियो । तर पछि यी दुवैलाई नगरपालिका बनाउने योजना रद्ध गरी दुवै मिलाएर एउटै मात्रै नगरपालिका (चाँंगुनारायण नगरपालिका हालको नाम) राखिएको थियो । 
चाँंगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री अहिले पनि पर्यटकहरुलाई नगरकोटबाट सूर्याेदय र सूर्यास्त हेर्न आउन भनेर झुक्याउन दिने पक्षमा नगरपालिका नरहेको बताउँंछन् । पर्यटकहरुलाई झुक्याएर लानु भन्दा नलानु नै ठिक लागेर अहिले हामी नगरकोटलाई अर्काे नामबाट चिनाउने योजनामा रहेका हौ, उनले भने । 
२०७२ सालको महाभूकम्प, कोभिडपछि नेपालमा विदेशी पर्यटकहरु आउने क्रम घटेको र त्यसको प्रत्यक्ष असर मात्रै होइन, नगरकोट सूर्याेदय र सूर्यास्त नदेखिने गरेको पर्यटकहरुले जानकारी पाएपछि नगरकोट आउने पर्यटकहरुको संख्यामा कमी आएको उनले सुनाए । यही कारण नगरकोट आउने विदेशी पर्यटकहरुसँंग यसअघि नगरपालिकाले लिएको प्रवेश शुल्क अहिले रद्ध गरेको उनले जनाए । नगरकोटलाई पुनः अर्काे नामबाट परिचित गराई विदेशी पर्यटकहरुको ओइरो नगरकोटमा लाग्न थालेपछि मात्रै पुनः शुल्क लिने योजना अघि सार्ने योजना नगरपालिकाको रहेको उनले सुनाए । 
तथ्यांक अनुसार नेपाल आउने सालाखाला २५ प्रतिशत पर्यटक भक्तपुर नगरको भ्रमणमा आउने गर्दछन् । भक्तपुर नगर आउने पर्यटकहरुमा पनि १० प्रतिशत पनि पर्यटक नगरकोट नआउने गरेको तथ्यांक छ । 
सूर्यादय सूर्यास्तसँंगै नगरकोटमा महाँकाल मन्दिर प्रख्यात छ । यो मन्दिर तान्त्रिक साधकहरूको लागि महत्वपूर्ण रहेको मानिन्छ । काठमाडौँको महाँकाल मन्दिर यिनै देवलाई स्थानान्तरण गरी निर्माण गरिएको जनविश्वास छ । यो मन्दिर नगरकोट र काभ्रेको बालुवापाटी देउपुर गाविसको दोसाधमा रहेको छ भने काठमाडौको सुनटोल गाविसको सिमा यहाँबाट ५ मिनेटको दुरीमा रहेको छ । यसबाहेक नगरकोटमा कालीदेवी मन्दिर छ । यो मन्दिरलाई ग्रामदेवीको रूपमा मानिदै आएको छ । प्रत्येक वर्ष पौष पूर्णिमाको दिन यहाँ मेला लाग्ने गर्दछ । यसै मन्दिरमा नगरकोट हत्याकाण्ड घटेको थियो । यसबाहेक यहाँं जालपादेवी मन्दिर पनि छ । नगरकोटको तेलकोटमा अवस्थित जालपादेवी मन्दिर एक महत्त्वपूर्ण ठाउँ हो । गीता मन्दिर पनि यहाँंको प्रख्यात ठाउँं हो । यो मन्दिर नगरकोटको फेदी–१ नयाँबस्ती गीतानगरमा अवस्थित छ । यो ठाउँ चाँगुनारायण नगरपालिकाकको नगरकोट, छालिङ र वागेश्वरीको बिचमा पर्दछ । यहाँ गीतामाता, सप्तऋषि, नागराज, बुढानिलकण्ठ, गणेश, कुमार तथा शिवको मन्दिर रहेको छ । यहाँ बिषेश गरी हरितालिका तिज, दशै, तिहार जस्ता पर्वहरूमा मेला लाग्ने गर्दछ । यो मन्दिर भक्तपुर शहरबाट ५ किलोमिटरको दुरीमा अबस्थित छ ।
नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्थ्यो । यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि रहको थिए । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । 
नगरकोट नेपालको एक प्रसिद्ध पर्यटकिय स्थल हो । विदेशीसहित नगरकोट हेर्न धेरै स्वदेशी पर्यटकहरु पनि आउने गर्दछन् । विशेष गरेर काठमाडौँ उपत्यकाबासीहरु आफ्नो व्यस्त तथा कोलाहलपूर्ण जीवनलाई थाती राख्दै केही समय प्रकृतिसँग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन् । 
नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण यहाँं हुने गर्दछ । 
स्वदेशी तथा विदेशी पर्यटकहरु नगरकोटमा आउने भएकाले खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध नगरकोटमा उपलव्ध छन् । नगरकोट भक्तपुर जिल्लाको पूर्व नगरपालिका तथा देशमा सङ्घीयता लागू भएसँगै नयाँ स्थानीय तहको संरचना अनुसार चाँगुनारायण नगरपालिकाको एक मुख्य पर्यटकीय स्थल हो । नगरकोट काभ्रे जिल्ला र भक्तपुर जिल्लाको दोसाधमा रहेको छ । 
नगरकोट रिसोर्ट व्यवसायका लागि पनि प्रसिद्ध छ । यहाँ साधारणदेखि लिएर अति महँगा र सुविधा सम्पन होटल, रेष्टुराँ तथा लजहरू रहेका छन । नगरकोट सल्लाको रुखहरूको बीचमा छ । यो ठाउँं उच्च पहडी भेगमा पर्दछ । नगरकोट चारै तिरबाट वन तथा जंगलले घेरिएर रहेको छ ।

  • Shares

All Comments...


Please Login/Register to comment.