काठमाडौं । हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्धारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद  राजदूतलगायले सोमबार अवलोनकन गर्नुभएको छ । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, वागमति प्रदेश सांसद राजेश शाक्य, शोभा शाक्य र नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाह र काउन्सुलर एडनान जावेद खानले अवलोकन गर्नुभएको हो ।

नेपाल हस्तकला महासंघको ४८ औं बार्षिकोत्सब नवौं हस्तकला दिवसको अवसरमा ललितपुर हस्तकला संघले द्धीप प्रज्वलन गरेको छ । हस्तकला वर्ष उद्घाटनको अवसरमा ललितपुरको मंगलबजार मन्दिर परिसरमा द्धीप प्रज्वलन गरिएको संघका अध्यक्ष विश्राम सिंहले हिमालय टाइम्सलाई बताउनुभयो । हस्तकला वर्षको अवसरमा संघले पनि महासंघसँगको सहकार्यका वार्षिकरुपमा हस्तकला प्रवद्र्धनसम्वन्धि विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभएको छ ।

...

All Comments.......


Please Login/Register To Comments