भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरका आयोजनामा शनिबार भक्तपुरमा एक कार्यक्रमवीच पत्रकारिता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो । साथै पत्रकारिताका तालिमका प्रशिक्षणकहरुलाई पनि प्रमाणपत्र वितरण गरियो ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले उनीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । साथै स्वतन्त्र पत्रकार संघका साधारण सदस्यहरुलाई परिचतय पत्र (प्रेस पास) र प्रेस ज्याकेट पनि वितरण गरियो ।

कार्यक्रमका सहभागी बक्ताहरुले स्वतन्त्र पत्रकारितामा जोड दिए । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख गेलालले पत्रकारहरुले सत्य, तथ्य र वास्ताविकतामा आधारित रहेर समाज सम्प्रेषण गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले पत्रकार स्वतन्त्र भए मात्रै जनताले सही सूचना पाउने बताए ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय वरिष्ट उपाध्यक्ष केवी सम्राटले पत्रकार वन्नु त स्वतन्त्र वन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु भन्ने नाराका साथ स्वतन्त्र पत्रकार संघ केन्द्रिय समिति गठन गरी जिल्ला जिल्लाहरुमा स्वतन्त्र पत्रकारिताको पक्षमा काम भइरहेको बताए ।
यसअघि स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा भएको तालिममा सहभागी प्रशिक्षकहरु डा इन्दुल केसी, डा राजेन्द्र कोजू, कृष्ण प्रजापति, कृष्ण किसी, बलराम प्रजापति, इन्जिनियर राजन कुसी, कुमार लघु, प्रधानाध्यापक हरिप्रसाद ढकाल, जयराम प्रजापति, राधेश्याम कैटीलाई प्रमाणपत्र वितरण गरियो । तालिममा प्रत्येक दिन फरक फरक  प्रशिक्षकहरुबाट प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा तालिमका प्रशिक्षकहरुकोतर्फबाट प्रधानाध्यापक हरिप्रसाद ढकाल र  प्रशिक्षार्थीहरुको तर्फबाट डा रोशनी नापितले प्रशिक्षणबारे आफनो धारणा राखे । कार्यक्रममा संघका अध्यक्ष डा केसी, डा कोजू, तालिम संयोजक किसीले बोलेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments