भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्तीमा बाटो निमार्ण गर्ने क्रममा पुरिएर एकजना मजदुरको मृत्यु भएको छ । पहिरोमा पुरिएर बाटो निर्माणमै रहेका दुई जना मजदुर घाइते भएका छन् ।
छायाँंवस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेवसम्म जाने बाटो निर्माण गर्ने क्रममा अचानक माथिबाट पहिरो खस्न गई दुर्घटना हुँदा एक एकजनाको मृत्यु र दुई जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्ती बस्ने वर्ष ३५ को निमा योञ्जन रहेको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए । साथै घटनामा परी सिन्धुपाल्चोक. घर भई छायाँंवस्ती बस्ने बर्ष ४४ को प्रेम लामा (अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौ लगिएकोमा डिस्चार्ज) र रामेछाप सुनापाती गाँउपालिका घर भई हाल जिल्लाकै भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्ती बस्ने बर्ष ५० को भुपालसिंह घिसिङ (अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौ लगिएकोमा थप उपचारका लागी टिचिङ अस्पताल रिफर भएको) घाइते भएको गिरीले जनाए  । महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट प्रहरी टोली खटी गई घाईतेलाई उद्धार गरी उपचारको लागी निम्न भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौ पठाईएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments