पुषको भेलले
  • Post Date 2020-12-22 07:19:47

कुमार लघु


पुषको भेलले सातजना
र प्रतिद्वन्धीहरूलाई बगायो
ल है भेलले नदीमा तैरिए
आहल भएकाछन् ,
कता समाऔ,कता समाऔ
भएर भेललाई
रमणिय मानेर हेर्नेहरू छन्
दुई जना किनारामा
समातेर वसेछ क्यारे,
अरू कयौँ बगाएर लगेको
आभास छदैछ, कि कसो?
साधारण जनतालाई,
के नै लछार्ने छ र ?
हिजो पनि काम गरेर नै खानै पर्ने
आज पनि काम नै गरेर जिउनु पर्ने
केही फरक छैन् !
विना बहाओले बगाई लग्यो
दुई चार माछाका भुराहरूलाई
कहि गएर
नपौडेला र ?
जनयुध्द कालमा
तालिम लिएका पौडिवाजहरू
यस्तो त मामुली भेल हुन्
जालोमा अड्किएका छ,सात माऊ
माछाका भुराहरू
ताण्डव नृ्त्य सिक्न
जालोमा अड्केकाछन त ?
पुषको भेलले
अन्तत फोहर कसिङ्गरहरू
वगाएर नदिनाला सफा भएर ,
शुध्द पानी वग्ने होईन होला
शंङ्का लाग्छ !

...

All Comments.......


Please Login/Register To Comments