भक्तपुर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं साधारण सभा प्रमुख अतिथि भुपू सल्लाहकार रामकृष्ण प्रजापति र लेखापढी न्हुछे भक्त कोजूको संयुक्तमा सुकुन्दामा दिप प्रज्वलन गरी १३ औं वार्षिक साधारणसभाको शुभारम्भ कार्यक्रम भयो ।
   कार्यक्रममा अतिथि भुपू सल्लाहकार रामकृष्ण प्रजापतिले संस्थाको बजेत अनुसार अधिकांश सफलता देखिएको बताउँदै पल्र्स बिश्लेषणले संस्था प्रगति उन्मुख देखिएको बताउनु भयो । उहाँले संस्थको हिसाब किताब ठिक छ छैन हेर्ने र त्यस विषयमा समिक्षा गर्ने भनेकै साधारण सभामा हुने भएकोले सकृय सहभागी भई लिखित वा मौखिक सुझाब र जिज्ञासाहरु राख्नुहुन अनुरोध गर्नु भयो । उहाँले समुदायमा आधारीत सहकारी संस्था भएकोले सहकारी सिद्धान अनुसार सामाजिक कार्यहरु भएको बताउँदै सामाज राम्रो नभए जतिसुकै धनी र शिक्षित भएपनि कुनै पनि व्यक्ति सुरक्षित नहुने भएकोले समाज राम्रो बनाउन सहकारी सदस्यहरुले समय खर्चिनु पर्ने बताउनु भयो । राम्रो समाज त्यतिकै नबन्ने भएकोले हामी सबैले पहल गर्नु पर्ने भएकोले त्यहि अनुसार संस्थाको नारा सहकारी सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकासी आर्दश समाज बनाउने रहेको बताउनु भयो । उहाँले संस्थाको सदस्यहरुलाई आदर्श समाज निर्माण गर्न बिशेष जोड दिनुका साथै सधै संस्था र सदस्यको भलाईबारे मनन गर्नु पर्नेमा बिशेष मन्तव्य दिनु भयो ।
    उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका लेखापढी सल्लाहकार न्हुछे भक्त कोजू, उपाध्यक्ष कृष्णराम कासिछ्वा, कोषाध्यक्ष तुल्सी केशरी छुजु  (प्रजापति)बाट गहकिलो मन्तव्य दिनु भयो । उक्त कार्यक्रम संस्थाका सचिव सत्यराम ज्ञामरुले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै उक्त शुभारम्भ कार्यक्र २०७७ पुस १२ गतेदेखि १७ गतेसम्म दिनको २००÷२०० जनालाई उपस्थित र भत्ता वितरण गर्ने र १८ गते विधिवत रुपमा उद्घाटन र समापन नेमकिपाका केन्द्रीय सदस्य एवम् वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा सम्पन्न हुने प्रबन्धक गौतम कुटुवाजुले जानकारी दिनु भयो ।


...

All Comments.......


Please Login/Register To Comments