भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा दुईदिन पसल अनुगमन गरेका छन्। सोमबार र मंगलबार लान्चाफल्चादेखि यातुमहादेबसम्मको १८ वटा पसल अनुगमन गरिएको हो।

अनुगमनमा विष्णुदेवी भोजनालय एण्ड गेष्ट हाउस बाजेको भोजनालय एण्ड गेष्ट हाउसको नामबाट दशौं बर्ष दर्ता बिना संचालन गरीपछि विष्णुदेवी भोजनालय एण्ड गेष्ट हाउस पनि विना दर्ता संचालन गरेकोले र पेयपदार्थ रक्सि विक्रि वितरणको अनुमति समेत लिई संचालन भएकोले टेबुल १ र मेच २ वटा जफत गरियो भने म्याद नाघेको सामानहरु सानो ड्यू ७ वटा, स्प्राइट ३ वटा, मिरिण्डा २ वटा, म्यान्गो स्लास् २ वटा जफत गरि नष्ट गरिएको थियो ।  
सीता कोल्ड स्टोर पसल दर्ता नविकरण गर्नुपर्ने, पसल व्यवस्थित र सफा गर्नुपर्ने र म्याद नाघेको समानाहरु मिसमास एन्जेलस १ पाकेट, पोटाटो क्राकर २ पाकेट, पपकर्न १ पाकेट, हरियो खुर्सानीको अचार १ वटा, डाजेस्टिभ विस्कुट १२ पाकेट र सुगर मिठा ग्रीन चिल्ली २ पाकेट जफत गरी नष्ट गरिएको थियो ।

त्यस्तै मेनुका किराना पसल दर्ता प्रमाणपत्र पसलमा देखिने गरी राख्ने दर्ता नभए दर्ता गर्ने, साइनवोर्ड राख्ने र म्याद नाघेको सामानहरु जम्बो ड्यू ३ वटा, पेप्सी २ वटा, सानो ड्यू ६ वटा, स्र्पाइट १ वटा, क्विक चिजबल १३ पाकेट, पपकेक ३ पाकेट जफत गरी नष्ट गरियो ।

त्यस्तै यातु महादेब किराना पसल दर्ता नविकरण गर्नुपर्ने, म्याद नाघेको सामानहरु जम्बो ड्यू १ वटा, सानो २ वटा, स्लाइस १ वटा, लगस् क्राकर २ पाकेट, क्विक पोटाटो १ पाकेट, लिटल हर्ट २ पाकेट जफत गरी नष्ट गरियो । त्यस्तै चित्र कुमारी बानियाँको चिया पसल तीन दिन भित्र दर्ता गर्नुपर्ने र पटक पटक दर्ता गर्न अनुरोध गर्दा पनि नगरेकोले तराजू १, पाँच केजिको ढक १, दुई केजिको ढक १, एक केजिको ढक १, हाफ केजिको ढक १ जफत गरियो ।

त्यस्तै अप्सरा बस्नेटको खाद्य सामाग्री डिपो र लक्ष्मी काफ्लेको बागोहिटी माई फर्निचर एण्ड फर्निसिङ पसल तीन दिन भित्र दर्ता गर्न निर्देशन दियो । महेश्वरी चिया पसल दर्ता नविकरण गर्न र पसल फोहर देखिएकोले सफा र व्यवस्थित गर्न निर्देशन दियो । त्यस्तै क्रिष्टल किराना पसल नविकरण गर्न र ढक तराजू नापतौल विभागमा नविकरण गर्न निर्देशन दियो । त्यस्तै सीता किराना पसल दर्ता नविकरण गर्नुपर्ने, ढक तराजु नापतौल विभागमा नविकरण गर्नु पर्ने, म्याद नाघेको सामानहरु पारम्भ स्टिक नुडलस् १ पाकेट, उत्सब पाउरोटी कुहेको ६ वटा जफत गरि नष्ट गरिएको श्यानिटेश उपशाखाका निमित्त प्रमुख वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैया सुवाल, भक्तपुर नगरपालिका श्यानिटेशन उपशाखाका निमित्त प्रमुख वडा निरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राजकुमार दनुवार, भक्तपुर घरेलु तथा साना उद्योगका लक्ष्मी प्रसाद बाटी र घरेलु कार्यालयका सीताराम त्वायनाको सहभागी रहेको थियो ।...

All Comments.......


Please Login/Register To Comments