ललितपुर उद्योग वाणिज्य संघमा भरतलालको दाबी
- Post Date 2020-12-31 13:36:11
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनुभएको छ ।
अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएको हो ।
शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा हुँदैछ । त्यसको लगतै शनिबार निर्वाचन हुने छ । शनिबार हुने निर्वाचनमा जोशी प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् ।
जोशीले आफ्नो घोषणापत्रमा
२०५३ सालमा कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएका जोशीले काम गर्ने क्रममा कोषाध्यक्ष, महासचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ । आफ्नो अनुभव, कार्यसम्पादन नैै चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने बलियो आधार रहेको जोशीको भनाई रहेको छ । ‘आम व्यवसायीहरुको पीर, मर्का मैले बुझेको छु । त्यसको समाधान गर्ने योजना र इच्छाशक्ति म मा छ । यसलाई आम व्यवसायीले मुल्याकंन गर्ने विश्वास लिएको छु । ’ जोशीले भन्नुभयो ।जिल्लाको निजी क्षेत्रको एक र साझा संगठनको रुपमा संघलाई बलियो बनाईराख्न आपूmले उम्मेदवारी दिएको जोशीले बताउनुभयो । ‘जिल्लामा करिब ५० हजार व्यवसायीहरु छन् । सदस्यता लिनेको संख्या दुई हजारको हाराहारीमा मात्र छ । त्यसैले सदस्यता बढाउन पुरै खटिने छु ।’ जोशीले भन्नुभयो ।
आफ्नो व्यक्तित्व, योग्यता र काम गरेको आधारमा सदस्यहरुले आफूलाई नेतृत्वमा चुनिने जोशीको विश्वास रहेको छ ।
पछिल्लो पटक राज्यले गर्ने अनुगमन र नियमनको नाउँमा व्यवसायीहरु पीडित रहेको बताउँदै जोशीले आफू अध्यक्षमा निर्वाचित भएमा राज्यका निकाय र व्यवसायीहरुसंग मिलेर समाधान खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
५३ वर्ष लामो इतिहास भएको संस्थालाई हाँक्न, समयक्रमसंगै उत्पन्न चुनौैतीलाई चिरेर अघि बढ्न युवा व्यवसायीहरु आवश्यक पर्ने बताउँदै जोशीले आफ्नो प्यानलमा समावेशी, स्थान, युवावर्ग, महिला र विविध क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्व हिसाबले पनि महत्वपूर्ण रहेको धारणा राख्नुभयो । आफ्नो टिममा अनुभवी पुरा व्यवसायीहरुसंग नयाँ व्यवसायीहरुलाई पनि समावेशी गरिएको जोशीको भनाई रहेको छ ।
...
All Comments.......
Please Login/Register To Comments