काठमाडौं । मिस तामाङ २०२१ आयोजना हुने भएको छ । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला गरिएको छ ।
तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तरता दिँदै आएको होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । उनले भनिन्, ‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो ।’
सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ भने माघ ९ गते अन्तिम समय तोकिएको छ ।‘माघ १० गते छनौट गरि माघ १४ बाट तालिम सुरु हुनेछ’, अध्यक्ष ब्लोन भनिन्, ‘आवेदनका लागि एभरेष्ट फेशन होम, पुतलीसडकमा सम्पर्क गर्न सक्नेछ ।’
२८५७ औं सोनाम ल्होछारको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिताको फिनाले होटल ¥याडिसनमा हुने फेसन होमकी अध्यक्ष लामाले जनाइन्। मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ ।
प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ । मिस तामाङ सहभागिताले एक महिनाको तालिम दिइनेछ । तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता दक्षता बनाइनेछ ।
मिस तामाङमा भाग लिएपछि आफूलाई आत्मविश्वासमात्र हैन विभिन्न अवसरमसेत पाएको २०१९ की विजेता सरिता तामाङले बताइन्। यसैले यस्ता प्रतियोगताहरुमा भाग लिँदा आफ्नो व्यक्तित्वसमेत विकास हुने उनको भनाई थियो।
...

All Comments.......


Please Login/Register To Comments