भक्तपुर । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको एघारौं वार्षिक साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भयो । साधारणसभाको उदघाटन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरे । कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री मानन्धर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराई, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापा, संघका अध्यक्ष माधवप्रसाद प्रजापति, सचिव रुकेश रञ्जितलगायतले विद्युत सामाग्री व्यवसायीका विविध विषयमा चर्चा गरे ।
भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ २ं०६७ जेठ ३१ गते दर्ता भई सञ्चालनमा आएको भक्तपुर विद्युतीय सामाग्री व्यवसायीहरुको छाता संगठन हो । हाम्रो एकता, हाम्रो प्रतिवद्धता गुणस्तरीय विद्युतीय सामाग्रीको व्यवसायिकता भन्ने नाराका साथ संघ विद्युतीय व्यवसायीको हकहितका लागि लागिपरेको छ । संघले प्रत्येक वर्ष विद्युतीय एक्स्पो गर्दै आएको छ । यो वर्ष कोभिडका कारण एक्स्पो हुन नसकेको र आगामी दिनमा एक्स्पो गर्नेबारे छलफल हुने जनाइएको छ । संघले विभिन्न गतिविध र सामाजिक क्रियाकलापहरु पनि गर्दै आएको छ । साधारण सभाको अवसरमा ती सामािजक क्रियाकलापहरु पनि सार्वजनिक गरेको थियो ।...

All Comments.......


Please Login/Register To Comments