भक्तपुर । भक्तपुरमा मंगलबार करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। दोलखा मेलुङ गाउँपालिका  ५ घर भई हाल भक्तपुर नगरपालिका २ व्यासी बस्ने २३ वर्षियको राम कुमार बुढाथोकीको मृत्यु भएको हो।
इतापाकोमा सडक बत्ति जडान गर्ने क्रममा विजुली करेन्ट लागी  दुईजना घाइते भएकोमा भक्तपुर प्रहरी परिसरका सुचना अधिकृत दिपक गिरीले जानकारी गराए। अर्का घाइते सिन्धुली कमलामाई नगरपालिका ११ घर भई हाल बल्खु बस्ने बर्ष २७ को विक्रम मोक्तान गम्भिर घाइते भएकोले गिरीले बताए। उनलाई प्राथमिक उपचार पश्चाात थप उपचारको लागी किर्तिपुर अस्पताल काठमाण्डौ पठाइएको उनले बताए।
भक्तपुर नगरपालिकाले सडक बत्ति राख्ने योजना अनुसार नियमानुसार टेण्डर सकारेको टप्सन इनर्जी सानोभर्यानङ, काठमाण्डौको तर्फबाट खटिएको कामदारहरुले विद्युतको सिमेन्टको पोलमा सडक बत्तिको मेटलको पोल सहितको बत्ति जडान गर्दा पोलमै टांगिएको नाङ्गो तारमा अचानक छुन जाँदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धाबाट देखिएको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  बताए...

All Comments.......


Please Login/Register To Comments