काठमाडौँ । विश्वका प्रमुख सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौँ पहिलो नम्बरमा परेको छ । आईक्यू एअरका अनुसार काठमाडौँको वायुमण्डलमा मंगलबार (आज) बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।
प्रदूषणका हिसाबले दोस्रोमा किर्गिस्तानको बिस्केक, तेस्रोमा पाकिस्तानको कराँची, चौँथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोई रहेको आईक्यू एअरले उल्लेख गरेको छ । नेपालमा ३०० एक्युआई नाघेपछि जनस्वास्थ्यका हिसावले विपद्काल घोषणा गर्नुपर्छ । यस्तो बेला बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
यसै विषयमा वातावरणविद् भूषण तुलाधरले काठमाडौँको एअर क्वालिटी इन्डेक्स (एक्युआई) बढ्नुमा प्रमुख तीन कारण देखिन्छन् । पहिलो कारण हो– मौसमले गर्दा उपत्यका बादलले ढाकिनु । काठमाडौँ कचौरा आकारको उपत्यका हो । अहिलेको मौसम र बादलले त्यो कचौरामा ढकनी लगाउने काम गरेको छ । जसको कारण प्रदूषण बाहिर जान पाएको छैन ।
दोस्रो, उपत्यकामा चिसो बढ्ने क्रम जारी छ । चिसो बढेकाले उपत्यकाभित्र धेरैले आगो तापिरहेका छन् । आगो ताप्न व्यवस्थापन गर्न नसकेका फोहोर बाल्ने गरेको पाइन्छ । त्यसले पनि प्रदूषण बढाउँछ । जसमा प्लास्टिक, टायरलगायतका धरेलु नगल्ने फोहोर पर्दछन् । तेस्रो, उपत्यकाबाहिर केही समयअघि आगलागी भएको थियो । उताको प्रदूषणको उपत्यकामा भित्रिएपछि त्यसको असर देखिएको हुन सक्छ ।
जाडो महिनामा पानी नपर्ने भएकाले साधारणतया प्रदूषणको मात्रा बढ्छ । पानी नपर्दा प्रदूषण हट्न पाउँदैन । जाडो महिनामा पहिलाका वर्षहरूमा पनि प्रदूषण नबढेको होइन । तर, यसरी नै प्रदूषण बढ्दै गयो भने भविष्यमा झनै प्रदूषण बढ्ने देखिन्छ । किनभने, काठमाडौँमा जनघनत्वसँगै प्रदूषणका स्रोतहरू पनि बढिरहेका छन् ।
 वायु प्रदूषणले हाम्रो स्वास्थ्यमा असर गर्छ । तत्कालै आँखा पिरो हुने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । त्यस्तै, दम वा श्वासप्रश्वासको समस्या भएकालाई जटिलता देखिन सक्छ । लामो समय यस्ता प्रदूषणमा बस्दा दीर्घकालिन असर गर्छ । यसले गर्भमा रहेको बच्चालाई समेत असर गर्छ । गर्भवती महिलाहरू झन यसको जोखिममा छन् ।
विभिन्न अध्ययनले कोभिड(१९ र वायु प्रदूषणबीच सम्बन्ध भएको निष्कर्ष निकालेका छन् । दुवैले श्वासप्रश्वास प्रणालीमा असर गर्छन् । तसर्थ श्वासप्रश्वास प्रणाली कमजोर भएकाहरूले विशेष ध्यान पु¥याउनुपर्छ । कोभिडको संक्रमणसँगै वातावरण प्रदूषणबाट पनि बच्ने उपाय गर्नुपर्छ ।
मन्त्रिपरिषद्ले पास गरेको सरकारको निर्णयमा काठमाडौँ उपत्यका वायु प्रदूषण कार्ययोजना छ । कार्ययोजनामा यस्तो अवस्था आइपरे फोहोर बाल्न नहुने । अनावश्यक रूपमा घरबाहिर निस्किन नहुने । संभव भएसम्म गाडी चलाउन नहुने । उद्योग तथा इटा भट्टा सञ्चालनमा रोक लगाउनुपर्ने जस्ता कुरा उल्लेख गरिएका छन् । यी कुराहरूलाई तुरुन्तै कार्यान्वयनमा ल्याउनुपर्छ ।
घरबाहिर नजानू भनेर भनिएपछि घरभित्र पनि प्रदूषण भएको हुन सक्छ । त्यसमा पनि सबैले विचार पु¥याउनुपर्छ ।
प्रदूषणबाट बच्न के गर्ने ?
– प्रदूषणको स्रोतबारे जानकारी राखेर त्यसको वरपर जानुहुँदैन ।
–कोभिडबाट मात्रै नभइ प्रदूषणबाट बच्न मास्कको प्रयोग गर्नुपर्छ ।
–प्रदूषण हुने समय र स्थानको बारेमा थाहा पाइराख्नुपर्छ ।
–ट्राफिक जाम हुने, फोहोर वा आगो बाल्ने ठाउँबाट टाढा बस्नुपर्छ ।
–बिहानीको समयमा प्रदूषणको मात्रा बढ्छ । दिउँसो घट्छ । त्यसैले बिहानको समयमा मर्निङ वाक, सपिङ वा साइक्लिङ जानु हुँदैन ।
–कोभिडका कारण धेरैको घरबाटै काम गर्ने सुविधा भएकाले घरबाट बिना काम सकेसम्म बाहिर निस्कनु हुँदैन ।

प्रदूषण घटाउन के गर्ने ?
–फोहोर जलाउने र आगो बाल्ने काम बन्द गर्नुपर्छ ।
–आफूले व्यवस्थापन गर्न नसकेका फोहोर नगरपालिकालाई दिनुपर्छ ।
–पुनः प्रयोग गर्न मिल्ने समानहरू प्रयोग गर्नुपर्छ ।
–मोटरसाइकल वा गाडीको बेला(बेला मर्मत गर्नुपर्छ ।
–सकेसम्म साइकल चढ्ने, हिँड्ने बानीको प्रवर्धन गर्नुपर्छ ।
...

All Comments.......


Please Login/Register To Comments