भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीहरुको भेला बिहीबार सम्पन्न भयो ।
भेलामा प्रमुख प्रजापतिले व्यापार सेवा व्यवसाय भएको बताउनुहुँदै सामानहरु विक्री गर्दा विक्री मूल्य उल्लेख गरी गुणस्तरीय सामान बेचविखन गरी उपभोक्ताको मन जित्ने ढंगले व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र व्यवसाय नै खतरामा पर्ने सक्नेतर्पm सचेत हुनुपर्ने भन्नुहुँदै उहाँले नगरपालिकाको बजेट नगरबासीकै हितमा प्रयोग गर्ने उद्देश्यले उपभोक्ता समिति मार्पmत निर्माण कार्यलाई प्राथमिकता दिइरहेको र नगरबासीहरुको उत्थानको लागि नपाले आवश्यक नीति निर्माण गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भनपा सम्पदा बचाउने अभियानमा लागेको बताउनुहुँदै भक्तपुरलाई सुन्दर नगरीको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको जानकारी दिनुभयो ।
उहाँले व्यवसायीहरुले समयमै पसल दर्ता गर्नुपर्ने, नगरपालिकामा तिनुपर्ने कर तिर्नुपर्ने तथा सरसफाईमा ध्यान दिएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पसल व्यवसायीहरुले पसलमा विक्री गर्ने सामानहरुको म्याद राम्रोसँग हेर्नुपर्ने, गुणस्तर चिन्ह प्राप्त खाद्यान्न मात्र विक्री वितरण गर्नुपर्ने बताउनुहुँदै व्यवसायीहरुले जनताको स्वास्थ्यसँग खेलवाड हुने काम कदापि गर्न नहुने बताउनुभयो ।

भनपा वडा नं. ३ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले साना व्यवसाय फस्टाओस भन्ने चाहना नगरपालिकाको भएको बताउनुहुँदै साना पसल व्यवसायीहरु एक हुनुपर्ने बताउनु भयो ।     उहाँले अहिलेको सरकार पूँजिपति वर्गको पक्षमा काम गर्र्ने भएकोले सरकारको व्यापार नीति साना व्यापारीहरुको पक्षमा नभएको उल्लेख गर्नुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष एवं बजार अनुगमन समितिका सदस्य हरिराम सुवालले नपाले अनुगमन गरे पश्चात पसल–व्यवसायीहरुमा सुधार आएको तथा तिर्नुपर्ने कर सम्बन्धी व्यवसायीहरुमा सकारात्मकता आएको बताउनुहुँदै यसले नपाको आन्तरिक श्रोत बढाउन मद्दत पुगेको जानकारी दिनुभयो ।
कार्यपालिका सदस्य एवं बजार अनुगमन समितिका सदस्य रोशनमैंया सुवालले बजार अनुगमनका क्रममा भइरहेका अनियमिततासम्बन्धी जानकारी दिनुहुँदै अखाद्य बस्तुहरु विक्री वितरण नगर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा निरीक्षक रामककृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो भने सहभागी पसल–व्यवसायीहरुसँग पनि राय–सुझाव संकलन गरिएको थियो ।...

All Comments.......


Please Login/Register To Comments