भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी लि. मा नव निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई एक समारोहका बिच अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभा हलमा सम्पन्न सो कार्यक्रममा नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति , कर्मचारीहरु र संस्थामा सक्रिय सदस्यहरु सहभागी थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सस्थापक अध्यक्ष श्री हरिराम लवजूले संस्थालाई व्यवस्थित रुपले चलाउन सबै पदाधिकारी एवम् सदस्यहरुले आ आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न क्रियाशील हुनुपर्ने आवश्यकता माथि प्रकाश पारे । उनले सबै प्रतिबद्ध भएर लाग्न सके संस्थाको प्रगति हुने कुरामा जोड दिए ।

लेखा सुपरिवेक्ष समितिका संयोजक श्री कृष्णराम दुवालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै प्रशिक्षणमा सिकेका कुरा व्यवहारमा उतार्न सकेको खण्डमा तालिमको सार्थकता हुनेक।रा बताए ।

सञ्चालक समितिका सचीव श्री बिश्वबहादुर दुवालले संस्थाको प्रगतिको लागि सबै प्रतिबद्ध हुनुपर्ने कुरा बताएको सो कार्यक्रममा सञ्चालक सदस्य श्री कृष्णगोपाल लागेजूले स्वागत भाषण गरेका थिए ।
दोस्रो भरणको कार्यक्तममा संस्थापक अध्यक्ष श्री हरिराम लवजूले  संस्थाको नीति तथा कार्यक्रम, भिजन, समिति तथा व्यवस्थापनको काम कर्तव्य र जिम्मेवारी बिषयमा प्रशिक्षण गरेका थिए । अन्तक्र्रिया  कार्यक्रममा प्रमिला रञ्जित, तुल्सिकाजी मानन्धरले पनि भाग लिएका थिए ।...

All Comments.......


Please Login/Register To Comments