भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले सहकारी संस्थाहरु समाजको हितमा समर्पित हुनुपर्ने बताएका छन् । जज भीमसने बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोल्मढी भक्तपुरको शनिबार भक्तपुरमा भएको १३ औं वार्षिक साधारणसभाको उदघाटन गर्दै उनले त्यही कारण बैंक र सहकारी संस्थाहरु स्थापनाको भिन्नता भएको बताए ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका पञ्चकृष्ण श्रेष्ठ, संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापति, सल्लाहकार पुरुषोतम ग्वाछा, संस्थापक अध्यक्ष गणेशभक्त खिचाजू, बुद्धिजीवी न्हुछेंभक्त कवाँं, निवर्तमान अध्यक्ष रत्नबहादुर शिल्पकारलगायतले सहकारीको विविध विषयहरुमाथि चर्चा गरे ।

संस्थाका अध्यक्ष रामकाजी शिल्पकारको सभापतित्वमा भएको कार्यक्रममा स्वागत भाषण संस्थाका उपाध्यक्ष दशबहादुर मानन्धरले गरेका थिए । यसअघि साधारणसभाको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले गरेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments