भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ कालोपाटीमा आइतबार घरको गाह्रो लगाउने क्रममा खसेर एकजना डकर्मीको मृत्यु भएको छ । सोही स्थान वस्ने सुनिल थिमीको पाँंच तला पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा खस्दा महोत्तरी बर्दिबास घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने अन्दाजी बर्ष ३५ को डम्बर मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका सूचना अधिकृत दीपक गिरीका अनुसार खसेर गम्भिर घाइते भएकोमा तत्कालै स्थानियहरुको सहयोगमा उपचारको लागी डा.इवामुरा अस्पताल भक्तपुर पठाइएकोमा उपचारकै क्रममा उनलाई चिकित्सकले मृत्त घोषणा गरेको जनाए । घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. सुदन के.सीको कमाण्डमा अनुसन्धान अधिकृत सहित प्रहरी टोली खटी गई घटनाको सम्बन्धमा बुझ्दा जिल्ला महोत्तरी बर्दिबास घर भई हाल भक्तपुर जिल्ला सुर्यविनायक न.पा. वडा नं. ५ कटुन्जे बस्ने अन्दाजी बर्ष ३५ को डम्बर मगरले ५ तला माथी घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा अचानक खसेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । घटनाबारे  थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments