भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार लान्चाफल्चा २५ वटा पसल अनुगमन गरेकोमा अधिकांश पसल बिना दर्ता संचालन भएको र दर्ता भएको पनि नविकरण नभएको संयोजक गोराले बताउनुभयो ।

अनुगमनमा भिन्तुना नेवारी खाजा घर सरसफाईमा ध्यान दिने, डोल्पाली खाजा घर, पबित्रा थापामगरको तरकारी पसल, साल्ला गणेश इन्टरप्राईजेज, ख्वप इन्टर प्राईजेज प्रा.लि., नवदुर्गा टे«ड सेन्टर तीन दिन भित्र दर्ता गर्ने, आरभ खाद्यान स्टोरमा तराजू नापतौल विभागमा नविकरण गर्ने, लोकप्रिय टे«डर्स, जे.एन. पोल्ट्री सप्लायर्स पसलमा दर्ता प्रमाणपत्र नभएकोले दर्ता भएको भए पसलमा देखिने गरी राख्ने र दर्ता नभएको भए तीन दिनभित्र दर्ता गर्ने, सूर्यमुखी फार्मेसी पसल तीन दिन भित्र दर्ता गर्ने र पसलमा बस्ने व्यक्ति औषाधि व्यवस्था विभाग वा फर्मेसीको अनुमति प्राप्त मात्र बस्नु पर्ने, आशिष एण्ड आशिष कोल्ड स्टोर पसल नविकरण गर्ने, म्याद नाघेको सामानहरु गुड डे विस्कुट १ पाकेट, डार्क प्लिजर विस्कुट ५ पाकेट, उत्सव पाउरोटी २ वटा, जम्बो पाउरोटी २ वटा, ज्ञान आ“टा १ पाकेट, बम पाउरोटी २ पाकेट जफत गरी नष्ट गरियो ।

विशाल मसला पसल तीन दिन भित्र दर्ता गर्ने, तराजु नापतौल विभागमा नविकरण गर्ने, प्याकेजि· सामान लेवल राख्न खाद्य विभागबाट अनुज्ञापत्र लिईमात्र विक्रि वितरण गर्ने निर्देशन दियो । देवकी लम्सालको फलफूल पसल तीन दिन भित्र दर्ता गर्ने, तराजू नापतौल विभागमा नविकरण गर्ने, साइनबोर्ड राख्नुपर्ने म्याद नाघेको रियल फ्रुट जुस एक लिटरको ३ वटा जफत गरि नष्ट गरियो । तवेग विनायक इन्टरप्राईजेज, निक चिया पसल, नविकरण गर्ने निर्देशन दिएको निमित्त श्यानिटेशन प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष हरिराम सुवाल, निमित्त श्यानिटेशन प्रमुख व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका न्हुज किजू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कुमारी रानामगर, उद्योग बाणिज्य संघका राजुमान बज्राचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायनाको सहभागी रहेको थियो ।
...

All Comments.......


Please Login/Register To Comments