भक्तपुर । मोटरसाइकल चोरी गरी गर्ने तीन जनालाई प्रक्राउ गरेको छ। धादिङ गजुरी गा.पा. वडा नं. ४ बस्ने बर्ष २५ को राजन लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नम्बर १ विरुवा स्थितमा रहेको विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक बर्ष २९ को सुनिल तामाङ, पर्सा विरगंज राधेमाई नगरपालिका वडा नम्बर ६ घरई हाल ऐ.ऐ. संचालक बर्ष २० को पप्पु पटेललाई पक्राउ गरेको हो।
प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बा. ९५ प. ६४०५ नं. को कालो रङको २२० सि.सी. को पल्सर मोटरसाइकल रोकी मोटरसाइकलको चेजजाँचको क्रममा चालक राजन लामालाई कानून बमोजिम नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग सिरुटारबाट प्र.स.नि. आस्था सुवालको कमाण्डमा खटिएको
अनुसन्धान गर्दा बा. ७२ प. ७९४९ नं. को २२० सि.सी. पल्सर मोटरसाइकल पनि निजहरुले नै चोरी गरी भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्बर १ विरुवा स्थित सुनिल तामाङ र पप्पु पटेलले संचालन गरेको विन्दबासिनी मोटरसाइकल वर्कसपमा विक्री गरेको भन्ने समेत खुल्न आएकोले महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले जानकारी गराए।
उल्लेखित दुवै संचालकलाई कानून बमोजिम पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त नम्बरको मोटरसाइकलहरु महानगरीय प्रहरी बृत नयाँबानेश्व र काठमाण्डौको वडा एरियाबाट चोरी गरेको भन्ने खुल्न बुझिन आएको हुँदा प्रारम्भिक अनुसन्धान पश्चोत थप अनुसन्धानको लागी बरामद भएको दुबै मोटरसाइकल र निम्नलिखित नामथर, वतन भएका व्यक्तिहरुलाई महानगरीय प्रहरी बृत नयाँबानेश्वभर, काठमाण्डौ पठाइएको छ।

...

All Comments.......


Please Login/Register To Comments