भक्तपुर नपाको आठौं नगरसभा आजबाट सुरु
- Post Date 2021-01-13 14:20:35
भक्तपुर । भक्तपुर नगरपालिकाको आठौं नगरसभा आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आठौं नगरसभा आजबाट सुरु भएको हो ।
कार्यक्रम सुरु गर्नुहुँदै सभाध्यक्ष प्रजापतिले सम्पूर्ण सभासद्हरुलाई आफ्नो विचार र सिद्धान्तलाई कायम गर्दै नगर र नगरबासीको सेवाको तत्पर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले विचार र सिद्धान्त छोड्नु हिमालयमा चिप्लेटी खेल्नु जस्तै हुने भनी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले भन्नुभए जस्तै विचारमा अडिग भई इमानदारितापूर्वक जनप्रतिनिधिहरूले कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नगरसभाको अर्को बैठक माघ ४ गते आइतबार दिनको १ बजे बस्ने गरी बैठक सकिएको जानकारी गराउनुभयो ।
...
All Comments.......
Please Login/Register To Comments