भक्तपुर । सोमबार बन्द भएको भक्तपुर अस्पतालले आफनो सेवा सुविधा पुनः सुचारु गरेको छ । जेठ २५ गते साँंझ सुत्केरी हुने क्रममा मृत्यु भएकी महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको आशंकामा अस्पतालको सवै सेवासुविधा बन्द गरिएको थियो । तर पछि पीसीआर रिपोर्ट मंगलबार नेगेटिभ आएपछि सेवासुविधा पुनः सुचारु गरेको अस्पतालले जनाएको छ । मृतकका आफन्त र डेलिभरी र उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वस्थ्यकर्मीहरुलाई भक्तपुर खरिपाटीको आइसोलेशनमा राखिएको विज्ञप्तिमा उल्ल्ेख छ । बच्चाचको अवस्थामा समान्य रहेको जनाएको छ । मृतकको शव आफन्तलाई बुझाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments