भाग वन्दा
  • Post Date 2021-01-16 04:38:06

डा इन्दुल केसी, भक्तपुर

रातो झण्डा हँंसिया हठौडा अकित
किसान, मजदुर श्रमजीवीको प्रतिक
ओहा धुजाधुजा पारी च्यातिन लागे
एकता ? कोको कता? कोको कता ?

अपवित्र गठबन्धनको लगन गाँठो
आआफनै स्वार्थयुक्त दाउपेचले फुस्क्यो
सहयोग खोज्दै भुरे टाउके झुण्डको
दुई तिहाई बहुमतको सरकार भताभुंग ।

पुनः स्थापना वा ताजा जनमत ?
फैसलाको पर्खाइमा टाउके नेता
सडकमा नाना नाराका साथ कार्यकर्ता
गाँंस, बांँस, कपासविहीन जनता ।

लुटाहा, फताहाहरुको रजाँंई कजाँई
निमुखा विचरा जनताको भागे नास्ती
केको झण्डा ? केको बन्दा ?
सवै तमासे, हाँंडीगाउँंको जात्रा ।
मिति २०७७ माघ ३ गते

...

All Comments.......


Please Login/Register To Comments