सहकारी
  • Post Date 2021-01-17 14:53:24

तुल्सी केशरी प्रजापति
विश्वमा नोबेल कोरोना भाइरस संक्रमणबाट आक्रान्त छ । यसले देशै ठप्प छन् । नेपाल बन्द जस्तै सबै पसल, व्यवसाय, विद्यालय कलेज लगायत बाहिर हिड्न समेत मनाही गरिएको बन्दाबन्दी सरकारले लागु गरेको छ । त्यसले गर्दा कही कतैं कमाई छैन् । महिनौं महिनौंको बन्दाबन्दीले पैसाको सा¥है खाँचो भएर सहकारीमा खाइ नखाई बचत गरेकोको न्युनतम रकम दिने काम समेत सहकारीबाट भयो । यो स¥हानीय कार्य हो । अहिले अलि खुकुलो भयो । त्यसैले व्यापार व्यवसाय गर्ने हेतुले संस्थामा निक्षेप निकाल्न एकजना व्यक्ति छोरासंग गयो । छोराले सहकारीको अर्थ सोध्दै थियो बुबालाई तर जवाफ आयो एक अर्का बीच सहकार्य गरेर कार्य गर्ने सहयोगी भाबनासाथ बनेको संस्था हो । यो समाजवादी सोचले अगाडि आएको हो साथै समाजवादी सोचले काम गरेको चीन नोबेल कोरोना भाइरस तुरुन्त नियन्त्रण भयो भने नाफाघाटाको सोचले काम गर्ने पूँजीवादी व्यवस्था भएको देश अमेरिका, भारत, ब्राजिल र युरोपेली मुलुकमा भयावह स्थितिमा रहेको छ भने अहिलेसम्म पनि नियन्त्रण बाहिर रहेको छ । छोरोले सदस्यहरुको सेवा गर्ने हेतुले संचालक समितिमा बसेर काम ग¥यो । सहकारीमा संचालक समितिलाई कठपुतली बनाई केहीं काम नगरी महिनाको बीस तीस हजार रुपैंया खुरु खुरु तलब खाने र बैठक भत्ता लगायत अनेक भत्ताहरु गरी मासिक चालीस पचास हजार खाने साथै आफू अनुकुल निर्णय गराएर सहि नगरेसम्म साम, दाम, दण्ड र भेद प्रयोग गरेर र संचालक समितिका सदस्यहरुलाई एक अर्का बीच जुधाएर खान पल्केका सानो मन भएका स्वार्थी व्यवस्थापक थियो । हरेक सदस्य प्रति विश्वास नगर्ने आफै सब थोक जानेको आफै सर्वेसर्वा भएको घमण्डी व्यवस्थापक सहकारी भवनलाई आफ्नो बपौति ठान्थ्यो । त्यसमा कसैले योगदान गरेर ऊ भन्दा राम्रो काम गरेर सदस्यहरुको सहानुभुति बटुल्ला भनेर डराउने व्यवस्थापकदेखि छोरा अच्चम मान्थ्यो । त्यो छोराले संस्थाको हितमा हरेक सुझाब, हरेक सदस्यहरुको अहित हुन सक्ने निर्णय बारे आवाज उठाउँथ्यो तर त्यो कुरा व्यवस्थापकलाई रत्तिभर पनि मन पराएको हुँदैन् । छोरालाई व्यवस्थापकले संचालक समितिबाट हटाउने कोशिस गर्यो तर छोराले व्यवस्थापकलाई धन्यवाद दिँदै भन्यो अव म राजिनामा दिएपछि तिमी जस्तो सानो मन भएको व्यक्तिसंग सम्पर्कमा आउनु परेन् । सहकारी कर्मी भएर सदस्यहरुलाई शंका गर्ने सहकारी सिद्धान्त विपरित छ र सहकारी सदस्यहरु प्रति धेरथोर विश्वास गर्नुृ पर्ने थियो । अरुको कुरा गर्नु पर्दैन बरु आफैले आफैलाई पहिला चिन्नु र जान्नु त्यति भए धरै समस्याबाट बच्ने थियो । नत्र एक दिन तिम्रो जिद्दी, घमण्डी र शंका एकदम राम्रोसंग संचालन भएको सहकारी छब्बी र साख माटोमा मिल्ने छ । तपाईं घरको न घाटको हुने छ तर व्यवस्थापकले जवाफ दिँदै तिमी जस्ताको सुझाब सदस्यहरुको लागि हुन सक्छ म जस्ता वकिललाई यो व्यङ्ग आवश्यक छैन । सहकारी संस्थाको कालाकर्तुत र त्यो कुरा सबै सदस्यहरुले जानकारी पाउँछ र व्यवस्थापकले पछुताउँछ । फेरी सहकारीलाई व्यवस्थित रुपमा अगाडि बढाउन सहकारीकर्मी सबै मिलेर सहकार्यकासाथ अगाडि बढ्छ र सहकारीको अर्थ त्यति बेलामात्र बालिग बालकले बुझ्छ । यसरी नै सहकार्य गरे विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना गरी नोबेल कोरोना भाइरस नियन्त्रण गर्न सफल हुने आशा छोरामा जाग्यो । धन्यवाद !
...

All Comments.......


Please Login/Register To Comments