भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको अयोजनमा श्रमिक साप्ताहिक बर्ष २८ अंक १, ६ माघ २०७७ को अन्तरक्रिया कार्यक्रम जुमबाट शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले तल्लो वर्गका जनता, थिचिएका दबिएका जनताहरु र कार्यकर्ताहरु पार्टीमा सकृय हुनु पर्ने साथै सकृय नभए प्रतिक्रियावादीहरु उठेर पहिला जस्तै फेरी थिचोमिचो गर्ने, डर धम्किको भरमा जनतालाई तह लगाउने कार्य फेरी दोहोरिने बताउनु भयो । उहा“ले नेपाल मजदुर किसान पार्टी स्थापना भएकोले नै मोहियानी हक सुरक्षा भई किसानहरु शिक्षा, स्वास्थ्य र आर्थिक स्तर माथि उठेको बताउ“दै नेमकिपा स्थापनाले किसान मजदुरहरुले शिर ठाडो गरी हिड्न सक्ने अवस्था आएको बताउनुभयो । उहा“ले नेमकिपा स्थापना कामदार जनतालाई शासक वर्ग उठाउन उदेश्यका साथ भएकोले राजनीतिक कार्यकर्ताहरु राजनीतिक संस्कारको विकास गरी व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नु पर्ने बताउनुभयो । उहा“ले नेमकिपाले सीमा अतिक्रमण विरुद्ध निरन्तर संघर्ष गरिरहेको र देश हित विपरितको संघि सम्झौताको समेत विरोध गरिरहेकोले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपा प्रकाशस्तम्भको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रम नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहा“ले श्रमिकको सम्पादकीयमा रहेको अरुको भरमा होइन आफ्नै खुट्टामा उभिऔ“  शिर्षकमा र किसानहरुले जस्तो चुनौति इतिहासमा भाजपालाई कसैले दिएको थिएन भन्ने शिर्षकमा, सचिब रामकृष्ण प्रजापतिले निर्वाचनले शासक दलहरुको कर्तुतलाई उदाड्डो पार्नेछ भन्ने शिर्षकमा, कृष्णगोपाल गाईजूले सेनालाई देशको सीमा रक्षाको जिम्मा दिनुपर्ने भने शिर्षकमा, कृष्णश्वरी दुवालले गहु“बालीमा असिना पर्दा भन्ने कथाको बारेमा अन्तरक्रियामा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments