भक्तपुर । आजबाट भक्तपुरमा पनि कोरोना (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बुधबार दुधपाटीमा अवस्थित भक्तपुर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका टोलीको.सहभागितामा खोप अभियानको सुरुवात गरिएको हो ।
जसमा आज भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले पहिलो खोप लगाएकी थिइन् ।
भक्तपुरका दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । चाँगुनारायण र भक्तपुर नगरपालिकाका लागि भक्तपुर अस्पताल तथा सुर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा खोप केन्द्र तोकिएको छ । कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप अभियान अन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाइनेछ ।
...

All Comments.......


Please Login/Register To Comments