काठमाडौं । आज एक विशेष कार्यक्रममा विश्वशान्ति ध्यान केन्द्र काठमाडौं शाखाको उदघाटन कार्य सम्पन्न भयो । काठमाडौंको पश्चिमी क्षेत्र अन्तर्गत रहेको नागार्जुन नगरपालिकाकी नगर उपप्रमुख श्रीमति शुशिला अधिकारीज्यूले दीप प्रज्ज्वलनका साथ स्वामी विशुद्धदेवज्यूको फोटोमा माल्यार्पण गरी यस शाखाको उदघाटन गर्नुभएको थियो ।
माघ महिनाको पवित्र आज श्री स्वस्थानी पूर्णिमाको दिन यस ध्यान केन्द्रको उदघाटनको स्वामी कल्याणमित्रज्यू तथा महात्मा शुशीलज्यूले स्वस्तीवाचन गर्नुभएको थियो । स्थानीय सजनबृन्दहरु तथा मातृशक्ति माताजीहरुको विशेष उपस्थिति रहेको उक्त कार्यक्रम विश्व शान्ति ध्यान केन्द्रका अध्यक्ष स्वामी कल्याण मित्रज्यूको सभापतित्वमा भएको थियो ।
पाशवत योग आश्रमका अध्यक्ष महात्मा शुशीलज्यू, उक्त नगरपालिका वडा नं १ का वडा सदस्य जुजुन लामाज्यू तथा डाविन औषधालयका सञ्चालक शान्तिदूत योगी श्री विष्णु यात्रीज्यू तथा उक्त ध्यान केन्द्रका उपाध्यक्ष डा इन्दुल केसीज्यू र ध्यान केन्द्र कार्य समिति सदस्य श्री माधव अधिकारीज्यूसमेतले योग ध्यानको महत्व र आजको युगको आवश्यकताबारे आआफनो धारणा तथा शुभकामना मन्तव्यहरु दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उक्त नार्गाजुन नगरपालिकाकी उपमेयर श्रीमति शुशीला अधिकारीज्यूले विश्वशान्ति ध्यान केन्द्रको आयोजनामा भइरहेको विश्वशान्ति महाअभियान अन्तर्गत यहाँहरुले गर्नुभएको यस महान कार्यको म सराहना गर्दछु भन्नुभयो । उहाँंले भन्नुभयो, म एक राजनीतिक कार्यकर्ता अभियन्ता, यहाँंहरु सामाजिक धार्मिक, अध्यात्मिक कार्यको अभियन्ताहरुको संयुक्त प्रयासले हाम्रो समाजको हितको लागि यस प्रकारको कार्यक्रम सञ्चालन हुनु जरुरी छ । यस प्रकारका कार्यक्रमहरुमा हाम्रो नगरपालिकाकोतर्फबाट गर्न सकिने विभिन्न प्रकारको सहयोग प्रदान हुनेछ भनी आफनो मन्तव्य व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा योग प्रशिक्षक श्री माधव अधिकारीज्यूले केही समय योगको प्रयोगगात्मक अभ्यायस गराउनुभएको थियो ।
अन्तमा सभाका सभापति श्री कल्याण मित्रज्यूले अध्यात्म ज्ञान प्लस भौतिक विज्ञानको योग नै वास्तवमा पूर्ण जीवन हो । ईश्वर दर्शन प्लस जीवन दर्शन नै मूल जीवनयुक्त जीवन अध्यात्म चरित्र निर्माण हो । यही नै शाश्वत सत्य हो । यही कुराको माध्यमबाट विश्वमा शान्ति हुनेछ भन्ने उदघारका साथ सभालाई समापन गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments